Tuesday, July 21, 2026
spot_img

रियल स्टेट कारोबारमा मधेश प्रदेश अग्रस्थानमा, २० आना माथिका प्लटहरूको कारोबार उच्च

spot_img

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० लाई आधार वर्षको रुपमा लिई रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन गर्न सुरु गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंकले सङ्कलन गर्ने तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारसम्बन्धी तथ्याङ्क त्रैमासिक रुपमा प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार रियल–स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारको आधारमा  गरिएको छ । रियल–स्टेट कारोबारको सङ्ख्या , कारोबारको मूल्य , कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन र रियल–स्टेट क्षेत्रमा गएको बैंक कर्जा जस्ता तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको छ ।

त्रैमासिक तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रयमासमा न्यून र तेस्रो तथा चौथो त्रयमासमा रियल–स्टेट कारोबार उच्च हुने देखिएको छ ।  कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ । त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ । कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।

जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ । घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रयमासमा रु.२३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९÷८० को पहिलो त्रयमासमा रु.८.२ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१÷८२ मा करिब रु.१५ अर्बसम्म पुगेको छ ।

राष्ट्र बैंकले रियल–स्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उप–महानगरपालिका स्तरमा समेत विश्लेषण गरेको छ । साथै, कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोहीअनुरूप कारोबारको सङ्ख्या र थैली रकम तथ्याङ्कलाई प्रस्तुत गरेको छ।

रियल–स्टेट कारोबारसम्बन्धी यस प्रकृतिको तथ्याङ्कबाट रियल–स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास राष्ट्र बैंकको छ । उपर्युक्त तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत राष्ट्र बैंकले गरिरहेको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको लागि सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच...

बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयद्वारा ३७ बुँदे निर्देशन जारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी...

शनिवार र आइतबार बाहेकका सार्वजनिक विदा घटाउने तयारी

सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा...

पुँजीबजारबारे प्रधानमन्त्रीको विशेष छलफल, दैनिक ३० अर्ब कारोबार हुने वातावरण बनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन अन्तिम आह्वान

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन...

नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच...
spot_img