ब्रोकरमार्फत घरजग्गा कारोबार गर्नुपर्ने प्रावधान स्थगित

spot_img

सरकारले लाइसेन्स प्राप्त कम्पनी (ब्रोकर)मार्फत मात्रै घरजग्गा कारोबार गर्नुपर्ने गरी यसअघि गरेको निर्णय स्थगित गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिकाभित्र ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अनिवार्य रूपमा ब्रोकरमार्फत मात्रै गर्नुपर्ने प्रावधान स्थगित गरेको हो ।

विभागले यसअघि फागुन ८ गते गरेको परिपत्र तत्कालका लागि स्थगित गरेको हो । बुधबार विभागले जारी गरेको सूचनामा फागुन ८ गतेको परिपत्र कार्यान्वयन नगर्न र साविककै पवधान अनुसार काम गर्न मालपोत कार्यालयहरूलाई निर्देशन दिएको हो ।

विभागले मालपोत नियमावली, २०३६ को नियम २३ (ठ) अनुसार इजाजत प्राप्त व्यक्ति वा संस्थाले अनिवार्य भू–सेवा केन्द्र सञ्चालन गरी भू–सूचना प्रणालीमार्फत कारोबार गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि अहिले इजाजत पाएका ३६ वटा कम्पनीहरूले हालसम्म भू–सेवा केन्द्र सञ्चालनको अनुमति नपाएकाले तत्कालका लागि लाइसेन्स लिएका कम्पनीमार्फत कारोबार गर्नुपर्ने प्रावधान हाललाई स्थगित गरिएको जनाएको छ ।

सूचनाः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...