Monday, April 20, 2026
spot_img
spot_img

जग्गाको मूल्य ४० प्रतिशतसम्म घट्दा पनि काठमाडौँमा किन बन्न छोडे नयाँ घर ?

spot_img
spot_img

आर्थिक मन्दीको असरले करिब करिब थला परेको क्षेत्र हो रियल इस्टेट । यो क्षेत्र लामो समयदेखि मन्दीमा मारमा छ । जसका कारण नयाँ घर बन्ने क्रम कछुवाको गतीमा मात्रै छ । हाउजिङ र अपार्टमेन्ट परियोजना पनि खासै अघि बढ्न सकेका छैनन् ।

रियल इस्टेट क्षेत्रमा जमेका व्यवसायीहरुका अनुसार मन्दीका कारण काठमाडौँ उपत्यकामा जग्गाको मूल्य ४० प्रतिशतसम्म घटेको छ । पैसाको निकै खाँचो परेका, यताको सम्पत्ति सेटल गरेर विदेश जाने सोच बनाएका र दुइ÷तीन ठाउँमा जग्गा भएका तर घर नभएकाले अहिले ग्राहकले अफर गरेकै मूल्यमा जग्गा बिक्री गरेर हिड्न थालेको व्यवसायीहरु बताउँछन् ।

अहिले घर, घडेँरी जथा जग्गा बिक्री गर्न चाहनेहरु धेरै छन् । अझै मूल्य घट्न सक्छ भनेर उनीहरु बिक्री गन हतारिए पनि किन्न खोज्नेहरु भने अझै मूल्य घट्ला र किनौँला भनेर बसेको व्यवसायीहरुको भनाइ छ । तर, पछिल्ला दुइ महिना यता भने जग्गाको भाउ स्थिर देखिएको छ । बजेट र मौद्रिक नीति पर्खिएर बसेकाहरुले जग्गा होल्डमा राख्दा मूल्य स्थिर भएको उनीहरुको भनाइ छ । अहिले मौद्रिक नीतिले केही सहजता ल्याइदिएकाले अब मूल्य घट्न रोकिने यस क्षेत्रका व्यवसायीहरुको भनाइ छ ।

त्यसो त, बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर पनि अहिले निकै तल छ । एकातिर ऋण लिन सहज र अर्कातिर ब्याजदर पनि सस्तो भएकाले अब क्रमशः घरजग्गाको कारोबार बढ्ने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

लगत्तै, अहिले वर्षाको समय भएको र चाँडै चाडवाडको सिजन सुरु हुने भएकाले अब किनबेच तुलनात्मक रुपमा माथि नजाने भएपनि मूल्य भने अब नघट्ने बताइन्छ । यद्यपी, काठमाडौँभित्र तत्कालै नयाँ घर बने क्रम पनि नबढ्ने अनुमान गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img