Friday, June 5, 2026
spot_img

संसद्‍मा प्रस्तुत भयो भूमि विधेयक, अब हदबन्दी भन्दा बढीको जग्गा बेच्न पाइने

spot_img
spot_img

भूमि विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् ।

मन्त्री अधिकारीले यो विधेयक यही वैशाख २३ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । बुधबार प्रतिनिधि सभामा प्रस्तुत भएको हो । यसअघि अध्यादेशमा समावेश भएका नयाँ व्यवस्थालाई निरन्तरता दिने गरी भूमी विधेयक आएको हो ।

यसअघि सरकारले माघ २ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ल्याएको थियो । यो अध्यादेश माघ ४ गते राजपत्रमा प्रकाशित भएको थियो । तर, संसद्‍बाट अगाडि बढ्न सकेन ।

विधेयकमा सरकारले हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव गरेको । तर, यसमा विभिन्न सर्तहरू तोकिएका छन् । ‘घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानूनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्ने’ विधेयकमा भनिएको छ ।

प्रस्तावित विधेयकमा भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ मा संशोधन गरेर हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव गरिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img