घरजग्गा कारोबारबाट सरकारले पाउने राजस्व पौषको तुलनामा माघमा घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबार सुधारोन्मुख देखिएपनि राजस्व सङ्कलनमा गिरावट आएको हो ।
विभागका अनुसार माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
पुसमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँबराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँबराबर राजस्व सङ्कलन भएको थियो ।
माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने पुसमा यो संख्या ४८ हजार १५६ थियो ।













