Friday, May 8, 2026
spot_img
spot_img

नेपाली आईटी कम्पनी ‘इन्फोडिवेलपर्स’ जापानमा सम्मानित

spot_img
spot_img

नेपालको सूचना प्रविधि कम्पनी इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन–आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशनको आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको हो ।

इन्फोडेभलपर्सका संस्थापक तथा मार्केटिङ, इनोभेसन तथा स्टार्टेजी निर्देशक उमेश रघुवंशीलाइ अवार्ड हस्तारन्तरण गर्दै सम्मानित गरिएको हो । नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा इन्फोडिवेलपर्सको उल्लेखनीय योगदानको कदर गर्दै विशेषगरी गभर्नमेन्ट टु बिजनेस (जीटूबी) र गभर्नमेन्ट टु सिटिजन (जीटूसी) अन्तरक्रियामा सुधार ल्याउनका लागि कम्पनीले गरेको योगदानको लागि प्रदान गरिएको हो ।

एसोसियो एसियाका २४ राष्ट्रहरुको सूचना प्रविधिका संस्थाहरुको अन्तराष्ट्रिय महासंघ हो। संस्थाले हरेक वर्ष उत्कृष्ट कार्य गर्ने संस्था, कम्पनी तथा व्यक्तिहरूलाइ सम्मान गर्ने गरेको छ । यो पुरस्कार एसोसियो डिजिटल सम्मेलनमा प्रदान गरिएको हो ।

सम्मेलनमा एशिया–प्यासिफिक क्षेत्रका डिजिटल प्रविधिका उद्योगको नेतृत्वहरू, नवप्रवर्तकहरू र विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलन डिजिटल क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूको सम्मान गर्ने मञ्चको रूपमा स्थापित छ ।

इन्फोडिवेलपर्सको पहिचान नेपालमा सार्वजनिक क्षेत्रको डिजिलाइजेसन गर्ने प्रणालीहरूको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले उन्नत फिनटेक र आईसीटी समाधानहरूले सरकारी प्रणालीसँग एकीकरण गरेर सार्वजनिक सेवाहरूमा दक्षता, पारदर्शिता र पहुँचमा सुधार ल्याउदै आइएको छ ।

डिजिटल गभर्नमेन्ट अवार्ड प्राप्त गर्नु इन्फोडिवेलपर्सको नवप्रवर्तन र उत्कृष्टतामा प्रतिबद्धताको नतिजाको रूपमा लिएको कम्पनीले जनाएको छ । कम्पनीको टोलीको समर्पण, जोश र विशेषज्ञताले काम गरेको प्रमाण हो, जसले नेपालका सरकारी क्षेत्रहरूमा अत्याधुनिक प्रविधि समाधानहरू ल्याउन निरन्तर प्रयास जारी रहने इन्फोडेभलपर्सले जनाएको छ ।

“हामी एसोसियोबाट यो सम्मान प्राप्त गरेर गर्वित छौं,” निर्देशक रघुवंशीले भने,”यो हाम्रो सम्पूर्ण टोलीको कठोर परिश्रम र दृष्टिकोणको प्रतिबिम्ब हो। यस पुरस्कारले नेपालका कम्पनीहरूको वैश्विक डिजिटल पारिस्थितिकी तन्त्रमा बढ्दो भूमिका देखाउँछ। हामी नेपाल सरकारको डिजिटल रूपान्तरणको यात्रामा अझ प्रभावकारी परियोजनाहरूमा सहकार्य गर्न तत्पर छौं।”

इन्फोडिवेलपर्सले क्यान महासंघ नेपाललाई धन्यवाद दिएको छ । क्यान महासंघका उपाध्यक्ष समेत रहेका रघुवंशीले संस्थाको सहयोगले नेपालका सफ्टवेयर कम्पनीहरूको विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निभाएको रघुवंशीले बताए ।

इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड सन् २००२ मा स्थापित, एक प्रमुख फिनटेक र आईसीटी समाधान प्रदायक कम्पनी हो जसले अत्याधुनिक वित्तीय प्रविधि, सफ्टवेयर विकास र आईटी परामर्श सेवामा विशेषज्ञता राख्ने गर्दछ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरू, सरकारी तथा सरकारी क्षेत्रलाइ कम्पनीले सेवा प्रदान गर्दै आइरहको छ । कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, एआई(चालित स्वचालन उपकरणहरू र ग्राहक सेवा र सञ्चालन कार्यक्षमता सुधार गर्न अनुकूलित सफ्टवेयर समाधानहरूमा केन्द्रीत रहेको छ।

इन्फोडेभलपर्समा २०० भन्दा बढी सूचना प्रविधिका जनशक्ति कार्यरत छन् । नेपालका आईटी र फिनटेक क्षेत्रहरूमा दक्ष तथा अनुभवी कम्पनीका रूपमा चिनिन्छ । भविष्यको वित्तीय प्रविधिमा नयाँ दिशाहरू कायम गर्न प्रतिवद्ध रहको र थप सेवा विस्तारको अभ्यासमा रहेको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...
spot_img