Friday, May 8, 2026
spot_img
spot_img

नोबेल पुरस्कार जित्ने अर्थशास्त्रीले ‘राज्य किन असफल हुन्छन्’मा नेपालबारे के लेखेका छन् ?

spot_img
spot_img

यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार ‘ह्वाई नेशन्स फेल ?’ (राज्य किन असफल हुन्छन् ?) लेखकका अर्थशास्त्रीलाई दिइएपछि यो पुस्तकबारे चर्चा चलिरहेकै छ ।

अमेरिकाको नोगालेस शहरको उदाहरण दिँदै सुरु भएको पुस्तकले विभिन्न देशको उदाहरण पेश गरेको छ । नोगालेस शहर दुई देशमा विभाजित छ । सामान्य बारले मात्रै सीमा छुट्याएको छ । यो शहरको उत्तरपट्टिको भाग अमेरिकाको एरिजोना राज्यको सान्टा क्रुज काउन्टीमा पर्छ, जसलाई एरिजोना नोगालेस भन्ने गरिन्छ । अर्को पट्टिको भाग मेक्सिको सोनोरामा पर्छ, जसलाई ‘सोनोरा नोगालेस’ भन्ने चलन छ । अमेरिका तिरको शहरमा सबै सुविधा र त्यहाँका सबै मान्छे शिक्षित छन् भने मेक्सिको तिरको त्यहीँ शहरमा अवस्था दयनीय छ ।

यी र यस्तै उदाहरणबाट मुलुक असफल हुनुमा सम्बन्धित देशमा रहेका संस्थाहरुको विकास र तिनले अर्थतन्त्रलाई पार्ने प्रभाव पुस्तकमा केलाइएको छ ।

नेपालबारे के लेखिएको छ ?

यतिबेला नेपालमा पनि अर्थतन्त्रबारे जानकारी राख्न चाहने र अर्थतन्त्रबारे लेख्न रुचाउनेहरुले ‘ह्वाई नेशन्स फेल ?’बारे चर्चा गरिरहेका छन् । मान्छेहरुमा उक्त पुस्तकमा नेपालबारे केही लेखिएको छ कि छैन होला भन्ने जिज्ञासा पनि उत्पन्न गराइराखेको छ ।

सन् २०१२ मा ड्यारोन एसिमोग्लु र जेम्स ए. रोबिन्सनले लेखेको ‘ह्वाइ नेसन्स फेल ?’मा नेपालबारे छुट्टै विशेष अध्ययनको निष्कर्ष भने छैन । तर, विश्वका गरिब मुलुकमा अफ्रिकी मुलुकहरू बढी रहेपनि अपवादका रूपमा नेपाल र अफगानिस्तान समेत रहेको विषय पुस्तकमा उल्लेख छ । अफ्रिकाभन्दा फरक भूगोल रहेर पनि नेपाल सुव्यवस्था कायम गर्नमा असफल देखिएको पुस्तकमा लेखिएको छ ।

इतिहासमा कहिल्यै उपनिवेश नभएको नेपाल हालसम्म पनि गरिब मुलुककै सूचीमा रहनुका पछाडी नेपालमा आर्थिक प्रोत्साहन करिब शून्य बराबर हुनुलाई कारण मानिएको छ । साथै, आर्थिक विकासका लागि आवश्यक हुने स्थिरता (सबै खालका स्थिरता) नेपालको प्राथमिकतामा नपर्दा मुलुक गरिबीकै दुस्चक्रमा फसिरहेको तर्क पुस्तकको छ ।

‘नेपाल, अफगानिस्तान र हाइटी अफ्रिकाका धेरै मुलुकसँग संस्थागत रूपमा समान छन्, त्यसकारण यि देशहरु विश्वका गरिबतम् मुलुकहरू मध्येमा पर्छन्,’ भन्ने पुस्तकको सार छ ।

खासगरि, १६औँ शताब्दी ताका उपनिवेश बनेका भूगोल तथा राज्यहरुमा त्यतिबेला धनी मानिएका राज्यहरू अहिले गरिब बनेको र उपनिवेशका बेला गरिब मानिएका केही राज्यहरू अहिले धनी बनेको पुस्तकको तर्क छ । यसो हुनुमा त्यस्ता देश तथा राज्यहरुमा कस्ता संस्थाहरू स्थापना र विकास गरिए र, ति संस्थामार्फत राज्यमा कस्तो प्रभाव पारियो भन्ने कुरा नै महत्वपूर्ण रहेको पुस्तकको निष्कर्ष छ ।

विश्वका विभिन्न देशलाई उपनिवेश बनाउँदै हिड्ने युरोपेली देशहरूले जुनजुन देशको प्राकृतिक, मानवीय र आर्थिक स्रोत दोहन गर्न चाहे, ति देशमा शोषणकारी संस्थाहरू बनाए र जुनजुन देशमा युरोपेलीहरू आफू पनि बस्न थाले वा भविष्यमा बस्न चाहन्थे, ती देशमा सबल संस्थाहरू बनाए भन्ने निष्कर्ष पुस्तकको छ ।

तर, इतिहासमा कहिल्यै कसैको पराधिन नबनेको नेपाल भने आर्थिक प्रोत्साहन शून्य हुनु र स्थिरता प्राथमिकतामा नपर्दा गरिब मुलुककै रुपमा कायम रहेको तर्क पुस्तकमा गरिएको छ ।

यसपटक नोबेल पुरस्कार प्राप्त गर्ने अर्थशास्त्रीहरुमा एसिमोग्लु र रोबिन्सनसहित सिमोन जोन्सन पनि छन् । जोन्सनले एसिमोग्लुसँगै मिलेर लेखेको ‘पावर एण्ड प्रोग्रेस’ शीर्षकको पुस्तक गत वर्ष प्रकाशित भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...
spot_img