Friday, May 8, 2026
spot_img
spot_img

२५ लाख रुपैयाँसम्मको ‘स्टार्टअप उद्यम कर्जा’ पुसबाट दिइने, यसवर्ष कतिले पाउँछन् ?

spot_img
spot_img

सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को स्टार्टअप उद्यम कर्जा आगामी पुसदेखी दिने भएको छ । चालु आर्थिक वर्षमा स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि सरकारले आवेदन माग गर्दा ५ हजार १६१ उद्यमीले परियोजना प्रस्ताव पेश गरेका थिए ।

स्टार्ट अप उद्यम कार्यक्रम सञ्चालन गरिरहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले हाल आवेदन परेका परियोजनाको मूल्यांकन गरिरहेको छ ।

प्रतिष्ठानले सूचीकृत गरेका परियोजनालाई मङ्सिर दोस्रो सातासम्ममा ‘सर्टलिस्ट’ गर्ने काम सकिने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले जानकारी दिएका छन् । मङ्सिर दोस्रो सातासम्म सर्टलिस्टको काम सम्पन्न गरेर पुसदेखि नै योग्य स्टार्टअप उद्यमीलाई कर्जा दिन सुरू गरिने उनको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षमा ६ सय जनालाई स्टार्टअप उद्यम कर्जा दिने लक्ष्य राखेको छ । सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जा कार्यक्रमका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले गत आर्थिक वर्ष २०८०/०८१ देखी स्टार्टअप उद्यम कर्जा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रवाह गर्ने स्टार्टअप उद्यम कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान हुनेछ । यसका लागि प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता भएको छ ।

सरकारबाट स्टार्टअप कर्जामार्फत उद्यमीले अधिकतम् २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । गत आर्थिक वर्षमा आवेदन पेश गरेका १ हजार ६५८ परियोजनामध्ये १८३ उद्यमी कर्जाका लागि योग्य ठहरिएका थिए । यीमध्ये १६५ स्टार्टअप उद्यमीले कर्जा पाइसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...
spot_img