नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अगुवाईमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले काम सुरु गरिसकेको बताएका छन् । स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको इन्भेष्टमेन्ट कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराएका हुन् ।
उनले स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताएका छन् ।
‘जिल्ला जिल्लाका व्यावसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ, त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन’ अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’













यही दिशा