आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ। बैठकले विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने सहितका ४ वटा निर्णय गरेको हो ।
यस्ता छन् निर्णय :
१. सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८३ साल वैशाख २८ गते सोमबारका दिन १६:०० बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने ।
२. विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने ।
३. अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ (P029 Protocol of 2014 to the Forced Labour Convention, 1930) अनुमोदनका लागि संङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।
४. संलग्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ (C081 – Labour Inspection Convention, 1947) अनुमोदनका लागि सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।












