Friday, May 8, 2026
spot_img

कोरला पुगेर ढकालले भने, ‘विश्वका २ ठूला अर्थतन्त्रलाई जोड्ने नाकालाई प्राथमिकतामा राखौँ’

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सडक पूर्वाधारले जोडिइसकेको कोरला नाका नेपाल र चीनबीचको अत्यन्तै महत्वपूर्ण नाका रहेको बताएका छन् । दशैँको बिदाका क्रममा कोरला नाका पुगेका अध्यक्ष ढकालले यो नाका विश्वका दुई ठूला अर्थतन्त्र भारत र चीन जोड्ने सबैभन्दा छोटो र सहज नाका समेत भएको बताउँदै यसलाई नेपाल पक्षले प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

कोरला नाकामा नेपालतर्फ आधारभूत पूर्वाधारहरू निर्माण गर्न ढिला गर्न नहुने समेत बताउँदै उनले यस नाकामा आधारभूत पूर्वाधारहरू निर्माणको कामलाई प्राथमिकतामा राख्न नेपाल सरकारलाई सुझाव पनि दिएका छन् ।

‘दशैं बिदालाई सदुपयोग गर्दै सोमबार नेपाल र चीनबीचको अत्यन्तै महत्वपूर्ण कोरला नाका पुगेँ । सडक पूर्वाधारले जोडिइसकेको यो नाका विश्वका दुई ठूला अर्थतन्त्र भारत र चीन जोड्ने सबैभन्दा छोटो र सहज जस्तो लाग्यो । भन्सार र अन्य भौतिक पूर्वाधारहरू समयमै निमार्ण गर्ने हो भने यो नाका नेपाल, भारत र चीनबिच हुने व्यापार, पारवाहन र पर्यटन प्रवर्धनमा महत्वपूर्ण रहेको छ’ उनले भनेका छन्, ‘यसमा सबै सरोकारवालाको ध्यानाकर्षण रहोस् । नेपालतर्फ आधारभूत पूर्वाधारहरू निर्माण गर्न अब ढिला गर्नुहुन्न । नेपाल सरकारसमक्ष यो मेरो सुझाव छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...
spot_img