दशैँ बजारः ब्यापार घट्यो, महँगी बढ्यो

spot_img
spot_img

दशैँले छपक्कै छोप्दा काठमाडौँका व्यवसायिक क्षेत्रमा चहलपहल बढ्दो छ । तर, व्यवसायीहरुले भने विगत वर्षहरुको तुलनामा व्यापारमा २० प्रतिशत जतिले ह्रास आएको बताएका छन् । अहिले दिउँसो १ बजेदेखि ४ बजेसम्म न्यूरोड, असन लगायतका क्षेत्रमा किनमेल गर्नेहरुको चाप बढी देखिन्छ । तर, त्यसअघि र पछिका समयमा खासै भिडभाड नहुने व्यवसायीहरु बताउँछन् ।

काठमाडौँमा मात्रै होइन ललितपुरको मंगलबजार, लगनखेल लगायतका क्षेत्रमा पनि अहिले तुलनात्मक रुपमा मान्छेको भीडभाड साँझको समयमा केही बढी देखिए पनि अरु बेला खासै नरहेको व्यवसायीहरु बताउँछन् ।

न्यूरोड क्षेत्रमै व्यवसाय गर्दै आएका नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार होलसेलभन्दा पनि रिटेल पसलमा अहिले किनमेल गर्नेहरु बढी छन् । ‘होलसेलबाट जाने जति सामान करिब करिब गइसक्यो, अहिले रिटेलहरु तुलनात्मक रुपमा अलि बढी चलेको देखिन्छ’ उनले भने, ‘खिचापोखरी, रन्जना (न्यूरोड) आसपास तिर मान्छेहरुको मुभमेन्ट ठिकठिकै छ ।’

गणबहाल, भोटेबहाल तिरका होलसेल पसलहरुमा पनि खरिदकर्ताहरुको उपस्थिति बाक्लै देखिने गरेको पराजुलीको भनाइ छ । कपडाको हकमा चाहिँ होलसेलमा भन्दा पनि रिटेलमै मान्छेहरुको चाप देखिने उनी बताउँछन् ।

खाद्यान्नको व्यापार अलि कम
असन, इन्द्रचोक लगायतका क्षेत्र खाद्यान्न तथा मरमसलाका लागि चर्चित व्यापारिक क्षेत्र हुन् । तर, यी ठाउँमा अहिले उपभोक्ताको चाप उल्लेख्य रुपमा नदेखिएको व्यवसायीहरु बताउँछन् । मख्खन क्षेत्रमा केही भीडभाड देखिए पनि विगतका वर्षहरुको तुलनामा कमै रहेको महासचिव पराजुलीको अनुभव छ ।

‘मख्खन तिर अलिअलि भीडभाड चाहिँ छ, तर पहिले पहिलेको भन्दा निकै कम छ’ उनी भन्छन्, ‘यो क्षेत्र दशैँमा भन्दा पनि तिहारमा मरमसला किन्न बढी भीड लाग्ने क्षेत्र हो । तिहारको बेला बढ्ला ।’

सामान आएन, महँगी बढ्यो
महासचिव पराजुलीका अनुसार विगतका वर्षहरुको तुलनामा यसवर्षको दशैँमा न्यूरोड, असन लगायतका व्यापारिक क्षेत्रमा करिब २० प्रतिशत जतिले व्यवसाय घटेको छ । खाद्यान्न, मसला, लत्ताकपडा, इलेक्ट्रोन्किस सामान सबैको व्यवसाय खुम्चिएको र गत वर्षहरुको तुलनामा औसतमा २० प्रतिशत जतिले व्यवसाय साँघुरिएको व्यवसायीहरु बताउँछन् ।

स्थलमार्ग हुँदै चीनबाट आयात हुने सामान अड्किँदा पनि व्यवसाय सुस्ताएको महासचिव पराजुलीको अनुभव छ । ‘भोटेकोशी बाढीले रसुवागढी नाका क्षतिग्रस्त हुँदा आयात प्रभावित भयो, त्यसैबेला तातोपानी नाका पनि बन्द भयो’ उनी भन्छन्, ‘जसका कारण नेपाली व्यवसायीहरुले दशैँलाई लक्षित गरेर मगाएका सामानहरु उतै (चीनतिरै) अड्किए ।’

अहिले गतवर्षको स्टक र समुन्द्री मार्ग हुँदै आएका केही सामानहरुको भरमा मात्रै व्यापार गर्नु परिरहेको व्यवसायीहरुको भनाइ छ । यसले महँगी समेत बढाएको छ । ‘कपडाको हकमा २० प्रतिशतसम्म मूल्य बढेको छ । गतवर्ष २ हजार पर्ने जीन्स पाइन्ट अहिले २४ सय पर्ने भएको छ’ पराजुली भन्छन्, ‘म नियमित रुपमा बजार तिर पनि घुमिरहेको छु । सबै खालका कपडा र खाने कुराको भाउ गत वर्षको तुलनामा १५ देखि २० प्रतिशतले बढेको छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

करदाता प्रोत्साहनको चिट्ठा कार्तिक १ गते खोलिने

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज...

बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र...

विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा...

कुमारी बैंकको लाभांश पारित

कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।...

पोखरा–दुबई उडानका लागि एक वर्षको टिकट बुकिङ खुला

फ्लाई दुबईले असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान...

नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ?

असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।...