बिन्ध्यवासीनी हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद र ऋणपत्र निष्काशन गर्ने प्रस्ताव

spot_img
spot_img

बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले कार्तिक १८ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि कार्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले सभामा हाल कायम चुक्ता पुंजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि लैजाने छ । साथै सर्वसाधारण शेयरमा परिणत हुने गरि ऋणपत्र निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र...

विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा...

कुमारी बैंकको लाभांश पारित

कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।...

पोखरा–दुबई उडानका लागि एक वर्षको टिकट बुकिङ खुला

फ्लाई दुबईले असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान...

नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ?

असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।...

३ दिनमा ७ हजारले सस्तियो सुन

पछिल्लो ३ दिनमा सुनको भाउ ७ हजार रुपैयाँले घटेको...