असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन असोज २८ गतेबाट पूर्णरुपमा बाहिरिएको जनाएको हो ।
असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी भूभागबाट मनसुन बाहिरिन सुरु गरेको थियो ।
सामान्य अवस्थामा जुन १३ मा मनसुन नेपाल प्रवेश गर्छ र अक्टोबर २ मा बाहिरिन्छ । तर, यसवर्ष जुन १९ अर्थात् असार ५ गते मात्रै मनसुन भित्रिएको थियो ।
नेपालबाट मनसुन बाहिरिएकाले अब केही दिनसम्म मौसम घमाइलो हुनेछ । जसका कारण एकाध ठाउँमा छिटपुट वर्षा हुन सक्ने सम्भावना भएपनि यसपाली दशैँमा पानी पर्ने सम्भावना नरहेको मौसम विभागले जनाएको छ ।










