Monday, May 18, 2026
spot_img

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव शुक्रबारः दुइ पदका लागि ८ जना आकांक्षी

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन आगामी शुक्रबार हुने भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन एकैदिन गर्न लागिएको हो । त्यसअघि शुक्रबार बिहान ९ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका आकांक्षीहरुलाई मनोनय दर्ताको समय पनि सोही दिनलाई तोकिएको छ ।

यी हुन् वरिष्ठ उपाध्यक्षका ५ दाबेदार

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ५ जना आकांक्षी देखिएका छन् । २ जना निवर्तमान उपाध्यक्ष, २ जना पूर्व उपाध्यक्ष र एक जना निवर्तमान कोषाध्यक्षले वरिष्ठ उपाध्यक्षमा दाबी प्रस्तुत गरिसकेका छन् ।

निवर्तमान उपाध्यक्ष द्वय सुरकृष्ण वैद्य र हेमराज ढकालसहित पूर्व उपाध्यक्षहरु रामचन्द्र सांघाई र किशोर प्रधानले पनि वरिष्ठ उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । यीमध्ये ढकालले साधारणसभा अगाडि नै उम्मेदवारी घोषणा गरेका थिए ।

यस्तै, निवर्तमान कोषाध्यक्ष भरतराज आचार्यले पनि वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाएका छन् । महासंघको विधान अनुसार एक कार्यकाल पदाधिकारी भइसकेको वा ३ कार्यकाल सदसय भइसकेको बहालवाला केन्द्रीय कार्यकारिणी समिति सदस्य वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न योग्य मानिन्छ ।

कोषाध्यक्षमा ३ जना आकांक्षी

यस्तै, कोषाध्यक्षको निर्वाचन पनि सोही दिन हुने भएको छ । उक्त पदमा हालसम्म ३ जना दाबेदार देखिएका छन् । केन्द्रीय कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेल र भक्त हमालसहित पूर्व केन्द्रीय सदस्य मनिषलाल प्रधानले कोषाध्यक्षमा आकांक्षा देखाएका छन् ।

महासंघको विधान अनुसार कम्तीमा दुइ कार्यकाल सदस्य भइसकेको बहालवाला सदस्य मात्रै कोषाध्यक्ष पदका लागि उम्मेदवार हुन पाउने प्रावधान छ । यस आधारमा मनिषलाल प्रधानलाई कोषाध्यक्षको उम्मेदवार हुनका लागि पहिला मनोनित भएर केन्द्रीय हुनुपर्ने छ ।

अध्यक्षले ७ जनालाई मनोनित गर्दै

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विधानले दिएको अधिकार प्रयोग गर्दै ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित गर्नेछन् । ८ गते बिहान ९ बजे बस्ने केन्द्रीय समिति बैठकबाट अध्यक्ष श्रेष्ठले ७ जनालाई मनोनित गर्ने र सोही दिन उनीहरुलाई सपथ ग्रहणसमेत गराउने भएका छन् ।

त्यसपछि सोही दिन वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव हुनेछ । यसपाली अध्यक्ष श्रेष्ठले मनोनित सदस्यहरुलाई पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा मतदान अधिकार हुने गरी नियमावली संशोधन गराउन लागेका छन् । नियमावली संशोधनका लागि उपाध्यक्ष कृष्ण प्रसाद शर्माको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको थियो । उक्त समितिले मनोनित सदस्यहरुलाई पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियामा सहभागी गराउने गरी नियमावली संशोधन गर्न सिफारिस गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ब्रोकर ५८ ले मात्र सुरु गर्यो आफ्टर मार्केट अर्डरको फिचर, अरुमा कहिले ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र कारोबार संचालन (चौथो संशोधन)...

 समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन नै ३७८ जनाले पाए

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको...

राजधानीकै पम्पमा ‘पेट्रोल छैन’को बोर्ड, किन देखियो अभाव ?

सोमबार दिउँसो काठमाडौँको वालुवाटारमा रहेको श्री जय गोमा गणेश...

Khanal becomes the 1st entrepreneur from Nepal to grace the Cannes Red Carpet

The iconic red carpet of the Cannes Film Festival,...

सन्दीप बने ODI मा सबैभन्दा छिटो १५० विकेट लिने बलर, तोडियो अष्ट्रेलियाका स्टार्कको रेकर्ड

नेपाली लेग स्पिनर सन्दीप लामिछाने एकदिवशीय क्रिकेटमा सबैभन्दा छिटो...

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सोमबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ...
spot_img