Saturday, April 4, 2026
spot_img
spot_img

वस्तुगतले तताएको उद्योग वाणिज्य महासंघको चुनाव

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चुनाव नजिकिँदो छ । चैत २९ र ३० गते आयोजना हुने साधारणसभा र निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुँदैछ । विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्दैछन् ।

विगतमा वरिष्ठ उपाध्यक्षमा नै चुनाव केन्द्रित हुन्थ्यो । तर, अहिले वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष निर्वाचन नहुने भएपछि वस्तुगततर्फ चुनावी माहोल तातिएको छ । विगतमा एसोसियट र जिल्ला नगरतर्फ सबैभन्दा धेरै चुनावी माहोल देखिने गरेकोमा यसपाली भने वस्तुगतमा अस्वभाविक रस्साकस्सी चलेको छ ।

होटल होटलमा सचिवालय

वस्तुगत तर्फको उपाध्यक्षमा यसपाली शिवप्रसाद घिमिरे र नरेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु दूबैले १६/१६ जना सदस्यका उम्मेदवारहरुको टिम नै तयार पारेर अहिले वस्तुगत संघहरुको कार्यालयमा घरदैलो गरिरहेका छन् ।

घिमिरे र श्रेष्ठ समूहबीच अहिले देखिएको प्रतिस्पर्धाले एसोसियट र जिल्ला नगर तर्फको चुनावी तयारी र माहोल छाँयामा परेको छ । दूबैले काठमाडौँका विभिन्न होटलहरुमा सचिवालय नै खडा गरेका छन् । बसेरा बुटिक होटल, नेपाली चुल्हो, मेलुङ थकाली र होलिडे इन जस्ता होटलहरु अहिले वस्तुगत तर्फका उम्मेदवारहरुको सचिवालय एवम् वस्तुगत तर्फका मतदाता उद्यमी व्यवसायीहरुको जमघटको केन्द्र बनेका छन् ।

अस्वभाविक खर्च

खासमा उद्योग वाणिज्य महासंघमा व्यवसायीहरुलाई चुनाव लागेको गत साउन–भदौ तिरबाटै हो । तर, भदौमा जेन् जी आन्दोलन भएपछि माहोल केही सुस्ताएको थियो । यद्यपी, असोजबाटै आकांक्षी व्यवसायीहरुले चुनाव लक्षित कार्यक्रम गर्न थालेका थिए ।

दशैँ तिहार लगत्तै आकांक्षीहरु टिम बनाउन केन्द्रित भए । मंसिरबाट त चुनावी कार्यक्रमको रफ्तार झन बढ्न थाल्यो । फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि महासंघको चुनावी गर्मीले माहोल हपक्कै तताएको छ ।

महिनौसम्म होटलमा सचिवालय राखिँदा र हरेक दिनजसो त्यहाँ हुने दिवाकालिन र रात्रीकालिन जमघटले उम्मेदवारहरुको खर्च ब्यापक रुपमा बढाएको व्यवसायीहरु नै बताउँछन् । ‘अहिले चुनाव नै वस्तुगतमा मात्रै लागेको छ, सचिवालय भनेर होटलहरु महिनौदेखि बुक गरिएका छन्’ एक जना वस्तुगत सदस्य संघका प्रतिनिधि भन्छन्, ‘वस्तुगतको उपाध्यक्षमा चुनाव लड्न ४ देखि ५ करोड रुपैयाँ जति खर्च हुने रहेछ ।’

तर, केही व्यवसायी भने मुलुकको आर्थिक अभिभारा बोकेका उद्योगी व्यवसायीहरुको संस्था भएकाले महासंघको चुनावी अभियानमा यत्तिको ‘ताउरमाउर’लाई अस्वभाविक मान्न नहुने बताउँछन् । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईं राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका उद्योगी व्यवसायीहरु भएकाले उनीहरुको दौडधूपलाई असामान्य मान्न नहुने बताउँछन् ।

‘मुलुककै आर्थिक अभिभारा बोकेका व्यवसायीहरुको संस्था भएकाले यत्तिको ताउरमाउर देखिनुलाई अस्वभाविक मान्नु हुँदैन’ उनी भन्छन्, ‘बाहिरबाट हेरेर अनुमान गरिएजस्तो भड्किलो पनि छैन । सकेसम्म भड्किलो बनाउनु पनि हुँदैन ।’

पूर्व अध्यक्षहरु भन्छन्, ‘चुनाव भड्किलो हुन थाल्यो’

महासंघको चुनाव खर्चिलो हुन थालेपछि पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीहरुले भने चिन्ता व्यक्त गरेका छन् । पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठले निर्वाचनका नाममा उम्मेदवार बन्ने उद्योगी व्यवसायीहरुले तडकभडक र खर्चिला कार्यक्रमहरु गर्दा ‘पैसा हुनेले मात्रै चुनाव लड्नुपर्छ वा पैसा नभएकाले चुनाव लड्न सक्दैनन्’ भन्ने भाष्य स्थापित हुने खतरा औल्याएका छन् । उनले सार्वजनिक रुपमै उम्मेदवारहरुलाई भड्किला गतिविधि नगर्न अनुरोध पनि गरेका छन् ।

पूर्व अध्यक्ष कुशकुमार जोशीले पनि उम्मेदवारहरुबाट हुने खर्चिला गतिविधिले राम्रो सन्देश नजाने बताएका छन् । उनले चुनावी तयारीका लागि कार्यक्रम, भेटघाट र अन्तरक्रिया गर्नैपर्ने भएपनि यस्ता कार्यक्रमलाई मितब्यपी र कम खर्चिलो बनाउनुपर्ने बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते...

व्यवसायीले भने ‘सरकारले नबढाए गाडी भाडा आफै बढाउँछौँ, नभए सेवा बन्द गर्छौं’

सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरे अब आफै बढाउने...

इन्धन खपत घटाउन पाकिस्तानको नयाँ कदम: ३० दिनको लागि सार्वजनिक यातायात निशुल्क

बढ्दो मूल्यसँगै इन्धन खपत घटाउन पाकिस्तानले नयाँ कदम चालेको...

इन्धनको मूल्य बढ्दै गएपछि भुटानले कर्मचारीलाई भन्यो ‘हिडेरै अफिस आउनु’

इन्धनको मूल्य बढ्दै गएपछि भुटान सरकारले ठूलो कदम चालेको...

ऊर्जा मन्त्रालयद्वारा विद्युत नीतिमाथि छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि...
spot_img