Tuesday, August 18, 2026
spot_img

निर्माण व्यवसायीलाई चुनाव लाग्यो, को बन्ला अध्यक्ष ?

spot_img

नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभाको मिति नजिकिएसँगै अध्यक्षका दाबेदारहरु खुल्न थालेका छन् । महासंघको २६औँ साधारणसभा एवं निर्वाचन माघ १५, १६ र १७ गते प्रज्ञा भवनमा आयोजना गर्दैछ । यसका लागि अध्यक्षका प्रत्याशीहरु खुल्न थालेका हुन् ।

३२ हजार निर्माण व्यवसायीहरु सदस्य रहेको यस महासंघको भावी अध्यक्षमा अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् । वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल र गत निर्वाचनमा अध्यक्षमा पराजित भएका निकोलश पाण्डेले अध्यक्षमा दाबी गरेका छन् ।

लामाले आफू वर्तमान कार्यसमितिमा अरु प्रत्याशीभन्दा सिनियर भएको र अहिले वरिष्ठ उपाध्यक्ष रहेकाले स्वभाविक रुपमा अध्यक्षमा दाबी रहेको बताएका छन् । दाहालले पनि आफू ३० वर्षदेखि निर्माण व्यवसायीको हकहितका लागि संगठित भएको र महासंघमा सदस्यदेखि कोषाध्यक्ष र दुइ कार्यकाल महासचिव हुँदै कार्यकारी पदको सफलतापूर्वक जिम्मेवारी सम्हालेका कारण अब अध्यक्षमा स्वभाविक रुपमा आफ्नो दाबेदारी रहने बताएका छन् ।

अर्का प्रत्याशी पाण्डेले भने गत निर्वाचनमा आफू युवाहरुको प्रतिनिधित्व गर्दै अध्यक्षमा उठेपनि पराजित भएको र यसवर्ष पनि आफ्नो दाबेदारी रहने बताउँदै आएका छन् । कार्यसमितिमा रहेका लामा र कार्यकारी भूमीका (महासचिव)मा रहेका दाहाल महासंघको साधारसभाको तयारी, प्रतिनिधि छनोट र सदस्यता रुजु लगायतका काममा व्यस्त हुँदा पाण्डे भने देश दौडाहा गरिरहेका छन् ।

सहमतिको प्रयासमा पूर्व अध्यक्षहरु

निर्वाचन आउन ३५ दिन हाराहारी समय बाँकी रहेका कारण सहमतिको प्रयास पनि सँगसँगै अघि बढाइएको महासंघ स्रोत बताउँछ । अहिले पूर्व अध्यक्षहरु र वर्तमान अध्यक्ष रवि सिंह सहमतिको प्रयासमा लागिरहेको स्रोत बताउँछ ।

‘अहिले निर्माण व्यवसाय संकटमा छ । सार्वजनिक खरिद ऐन र नियमावलीमा भएका कतिपय प्रावधानले व्यवसाय गर्न सकिने अवस्था छैन’ महासंघका एक पदाधिकारीले भने, ‘अहिले बनेको अन्तरिम सरकारले भटाभट ठेक्का तोडेर हामीमाथि एक खालको बज्रपात नै हानिरहेको छ । यस्तो बेलामा चुनावी प्रतिस्पर्धाबाट नभई सहमतिबाट अघि बढ्नुपर्ने आवश्यकता छ ।’

ति पदाधिकारीका अनुसार सरकारलाई आफ्ना कुरा बुझाउन सक्ने, नीतिगत बहसमा सानादेखि ठूला सबै निर्माण व्यवसायीको आवाज बोल्न सक्ने नेतृत्व अहिले चाहिएको छ । ‘अहिले ज–जसले अध्यक्षमा दाबी गरिरहनु भएको छ, उहाँहरु सबै योग्य हुनुहुन्छ’ उनले थपे, ‘कार्यसमितिमा लामो समय बसेर काम गरेर खारिएका साथीहरु हुनुहन्छ । उहाँहरुले अहिलेको अवस्था नबुझ्ने भन्ने हुँदैन । सहमतिमै नयाँ नेतृत्व चयन हुन्छ भन्नेमा हामी विश्वस्त पनि छौँ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img