Monday, August 17, 2026
spot_img

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

spot_img

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित HONOR Robot Phone सार्वजनिक गरेको छ । नयाँ श्रेणी सिर्जना गर्ने यो क्रान्तिकारी डिभाइसले प्रिमियम स्मार्टफोन डिजाइनमै पूर्ण रूपमा मोटराइज्ड 3-axis मेकानिकल गिम्बल एकीकृत गर्दै परम्परागत मोबाइल प्रविधिको भौतिक सीमालाई तोडेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसले ARRI Image Science र व्यावसायिक सिनेमाटिक वर्कफ्लोका चयनित तत्वहरूलाई संयोजन गर्दै परम्परागत स्मार्टफोनभन्दा अगाडि बढेर सक्रिय भौतिक साथी तथा शक्तिशाली मोबाइल प्रोडक्सन स्टुडियोका रूपमा काम गर्छ ।

HONOR Robot Phone मा HONOR Titanium Agile Gimbal सहितको अत्यन्तै कम्प्याक्ट 4DoF मेकानिकल सिस्टम समावेश गरिएको छ । 60 वटा निर्माण प्रक्रियामार्फत विकसित यो सिस्टममा 100 भन्दा बढी प्रेसिजन कम्पोनेन्टहरू समावेश छन् र 100 भन्दा बढी पेटेन्टद्वारा समर्थित छ । व्यावसायिक सिनेमाका क्यामेराहरू डिजाइन गर्ने विश्वप्रसिद्ध कम्पनी ARRI र HONOR बीचको Cinematic Imaging. Partnership अन्तर्गतको यो पहिलो प्रमुख उत्पादन उपलब्धि हो । सामान्य फिल्टरभन्दा धेरै अगाडि बढ्दै, यस डिभाइसले ARRI Image Science तथा व्यावसायिक सिनेमाटिक वर्कफ्लोका चयनित तत्वहरूलाई स्मार्टफोनमा प्रयोग गर्न अनुकूलित गरेको छ ।

कम्पनीका अनुसार यसको रियर क्यामेरा सेटअपमा Dual 200MP Camera System रहेको छ । यसमा 1/1.28-inch सेन्सर र f/1.6 एपर्चरसहितको 200MP Agile Gimbal Main Camera तथा 1/14-inch सेन्सर र 2.7x Optical Zoom सहितको 200MP Periscope Telephoto Camera समावेश छन्। Snapdragon 8 Elite Gen 5 Mobile Platform RHONOR Robot Phone AI प्रोसेसिङ इमेजिङ र मल्टिटास्किङका लागि फ्ल्यागशिप स्तरको प्रदर्शन प्रदान गर्छ । त्यस्तै, 7,060mAh Next Gen HONOR Silicon-Carbon Battery ले दिनभरको ब्याट्री ब्याकअप सुनिश्चित गर्छ । यसमा 120W Wired र 50W Wireless HONOR SuperCharge पनि उपलब्ध छ ।

HONOR Robot Phone मा Android-first all-metal integrated molding unibody डिजाइन रहेको छ। यसमा 6.31-inch LTPO OLED HONOR AI Eye Comfort Display रहेको छ, जसलाई HONOR NanoCrystal Shield ले सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। डिस्प्लेले adaptive 1- 120Hz refresh rate सपोर्ट गर्छ र अधिकतम 6,800 nits peak brightness सम्म पुग्छ । साथै, 4320Hz PWM Dimming लगायतका उन्नत eye-comfort प्रविधिहरूले लामो समयसम्म प्रयोग गर्दा पनि सहज दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...

म्यानपावर कम्पनीको आन्दोलन फिर्ता

सरकार सँगको वार्तापछि वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन फिर्ता...
spot_img