Monday, September 7, 2026
spot_img

चौतर्फी ग्यास अभाव हुँदा पनि ‘कुपन सिस्टम’ ले व्यवस्थित बनेको साल्ट ट्रेडिङको वितरण प्रणाली

spot_img

अहिले देशभरी नै खाना पकाउने ग्यास सहजै नपाउने समस्या उपभोक्ताले झेलिरहेका छन् । आयल निगममार्फत प्रत्यक्ष ग्यास बिक्री गर्दा पनि अवस्था सामान्य नभएपछि सरकारले पनि प्रत्यक्ष ग्यास बिक्री गर्न छोडेको छ ।

तर, साल्ट ट्रेडिङ कर्पोरेशनले भने उपभोक्तालाई व्यवस्थित रुपमा ग्यास बिक्री वितरणको प्रबन्ध मिलाएको छ । साल्ट ट्रेडिङका अनुसार कालिमाटी बिक्री केन्द्रबाट मात्रै दैनिक औसतमा दुइ सय सिलिण्डर ग्यास (एसटीसी ग्यास) उपभोक्ताले पाइरहेका छन् । उपभोक्ताहरु खाली सिलिण्डर लिएर जाँदा ग्यास छ भने सोही दिन र नभएमा ग्यास आउने दिन (भोलिपल्ट, पर्सिपल्ट) को कुपन दिएर पठाउने गरिएको कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनको कालिमाटी बिक्री केन्द्रमा भेटिएका एक कर्मचारीले भने, ‘सुरु सुरुमा चाहिँ खाली सिलिण्डर लिएर आउनासाथ ग्यास दिन्थ्यौँ, दिनको १५०, २ सय, २५० हुँदै ३ सयसम्म जान थालेपछि चाहिँ चाप बढेका कारण कुपन दिएर पठाउन थालेका हौँ ।’

साल्ट ट्रेडिङको कालिमाटी बिक्री कक्षमा ग्यास लिन पुगेका उपभोक्ताहरु पनि ग्यास पाइनेमा ढुक्क देखिने गरेका छन् । आफू लामो समयदेखि एसटीसी ग्यासको उपभोक्ता रहेको बताउने एक जना सेवाग्राहीले बिजनेश पानासँग बताएअनुसार कुपन प्रणालीले सहज बनाएको छ । ‘म शनिबार आएर सोमबारका लागि कुपन लिएर गएको, आज आउनासाथ ग्यास पाइयो’ उनले भने ।

कुपन लिनका लागि खाली सिलिण्डर लिएर बसेका उपभोक्ताले पनि कुपन प्रणालीले ‘ग्यास पाइँदैन कि’ भन्ने चिन्ता हटेको बताएका छन् । कर्पोरेशनले आउनु भनेको दिन कुपन बोकेर आउदा सहजै ग्यास पाइने भएकाले कुपन सिस्टम आफूलाई प्रभावकारी लागेको सोल्टीमोडबाट आएका एक जना उपभोक्ताले बिजनेश पानासँग बताए । ‘खाली सिलिण्डर छोडेर कुपन लिएर गएपछि ग्यास पाउने ढुक्क हुँदो रहेछ’ ति उपभोक्ताले भने, ‘कुपन सिस्टम मलाई चाहिँ राम्रो लाग्यो । पहुँच हुनेले जति पनि पाउने र नहुनेले नपाउने अवस्था आउन नदिन सरकारले सबैतिर कुपन सिस्टम लागू गर्न सके राम्रो हुन्थ्यो ।’

यस्तो छ बिक्रीको अवस्था

साल्ट ट्रेडिङ कर्पोरेशनको कालिमाटी बिक्री कक्षबाट मात्रै होइन, अन्य बिक्री युनिटबाट पनि ग्यास बिक्री हुन्छ । कालिमाटीबाट भने एसटीसी ग्यास मात्रै बिक्री वितरण हुन्छ ।

कर्पोरेशन व्यवस्थापनले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन २१ देखि ३१ गतेसम्म दैनिक औसतमा २ सय सिलिण्डर ग्यास कालिमाटी बिक्री कक्षबाट मात्रै वितरण भएको छ । साउन २१ गते २३५ सिलिण्डर, २२ गते १७८ सिलिण्डर, २३ गते १७३ सिलिण्डर र २४ गते २१२ सिलिण्डर ग्यास बिक्री भएको छ ।

यस्तै, साउन २५ गते १८६, साउन २६ गते २६०, साउन २७ गते २०४ र साउन २८ गते १८२ सिलिण्डर ग्यास बिक्री गरिएको कर्पोरेशनको तथ्याङ्क छ । यसैगरी, साउन २९ गते १३६, साउन ३० गते २२२ र साउन ३१ गते १५९ सिलिण्डर ग्यास बिक्री भएको साल्ट ट्रेडिङको तथ्याङ्क छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...