Monday, September 7, 2026
spot_img

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

spot_img

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का खाद्य उत्पादनहरू जापानको बजारमा औपचारिक रूपमा प्रवेश गरेका छन् । टोकियोमा आयोजित एक विशेष कार्यक्रमबीच HiLife का चिउरा, मस्यौरा, गेडागुडी, दाल, कोदोको पिठोलगायत उत्पादनको जापानी बजारमा शुभारम्भ गरिएको हो।

शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमा रुमा र विशेष अतिथिमा ब्यवसायि टिका श्रेष्ठ र जापान नेपाल चेम्बरका अध्यक्ष डा. बलराम श्रेष्ठले गरेका थिए कार्यक्रम अध्यक्षता अम्बिका प्रसाद पौडेलले गरेका थिए।

कार्यक्रममा HiLife Foods and Agro Industries Limited का अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जापानमा HiLife का उत्पादनको प्रवेशलाई नेपाली किसान, नेपाली उत्पादन र नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण सुरुवातका रूपमा लिएको बताए।

उनले नेपालमा उत्पादित कृषि उपजलाई गुणस्तरीय प्रशोधन, आकर्षक प्याकेजिङ र प्रभावकारी ब्राण्डिङमार्फत विश्व बजारमा पुर्‍याउने कम्पनीको लक्ष्य रहेको बताए । “नेपाली भएकै कारण होइन, गुणस्तरीय भएकै कारण नेपाली उत्पादन रोजिने वातावरण निर्माण गर्न चाहन्छौँ,” अध्यक्ष पौडेलले भने।

जापान गुणस्तर, खाद्य सुरक्षा र उपभोक्ता विश्वासका दृष्टिले संवेदनशील बजार भएकाले यहाँ HiLife को प्रवेश कम्पनीका लागि अवसरसँगै गुणस्तरको परीक्षा पनि भएको उनको भनाइ थियो । अध्यक्ष पौडेलले नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनमार्फत विदेशमा रहेका नेपालीहरूले स्वदेशी किसान, उद्योग र उद्यमशीलतालाई समेत सहयोग गर्न सक्ने उल्लेख गर्दै जापानस्थित नेपाली समुदायलाई HiLife का उत्पादन प्रयोग गर्न समेत आग्रह गरे ।

HiLife ले नेपाली परम्परागत खाद्य संस्कृति र आधुनिक पोषण आवश्यकतालाई ध्यानमा राख्दै उत्पादनहरू बजारमा ल्याएको जनाएको छ। विशेषगरी नेपाली कोदो तथा अन्य स्थानीय कृषि उत्पादनलाई गुणस्तरीय प्रशोधन, प्याकेजिङ र ब्राण्डिङमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अभियानलाई कम्पनीले प्राथमिकता दिएको छ ।

जापानलाई खाद्य सुरक्षा, स्वच्छता र गुणस्तरका दृष्टिले संवेदनशील बजारका रूपमा लिँदै कम्पनीले नेपाली भएकै कारण होइन, गुणस्तरीय भएकै कारण नेपाली उत्पादन रोजिने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । जापानमा HiLife का उत्पादनको आधिकारिक वितरणको जिम्मेवारी लिएको पूर्ण ट्रेडिङ कम्पनीसँग दीर्घकालीन व्यावसायिक साझेदारीका रूपमा सहकार्य अघि बढाइने कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनमा जापानका विभिन्न शहरसँगै अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्वलगायत अन्तर्राष्ट्रिय बजारमा HiLife का उत्पादन विस्तार गर्ने लक्ष्य लिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...