Monday, August 17, 2026
spot_img

अस्गर अलि बने इसेवाको सबैभन्दा ठूलो शेयरधनी, सिरोहिया र ढकालले घटाए स्वामित्व

spot_img

गत भदौ महिनामा इसेवा लिमिटेडका शेयरधनीहरुबीच शेयर खरिद बिक्री भएपछि अस्गर अलि कम्पनीको सबैभन्दा ठूलो शेयरधनी कायम भएका छन् । गत भदौ १० गते विश्वास ढकाल, सम्भव सिरोहिया र सुवाष शर्माले आफ्नो स्वामित्वमा रहेको केही शेयर बिक्री गरेका थिए।

बिक्री भएको सबै शेयर अस्गर अलि र रोशन लामिछानेले खरिद गरेका हुन् । बिक्री भएको मध्ये अधिकांश शेयर अस्गर अलिले खरिद गरेपछि उनी कम्पनीको सबैभन्दा ठूलो शेयरधनी भएका हुन्।

भदौ १० को शेयर खरिद बिक्रीपछि कम्पनीमा अस्गर अलिको शेयर स्वामित्व २०.४० प्रतिशतबाट स्वामित्व बढेर २७.९५ प्रतिशत पुगेको छ। यस अघि कम्पनीको ठूलो शेयरधनी रहेका विश्वास ढकालको शेयर स्वामित्व २८ प्रतिशतबाट घटेर २३.८३ प्रतिशत कायम भएको छ । ढकाल कम्पनीको दोस्रो ठूलो शेयरधनीको रुपमा कायम भएका छन् । कम्पनीमा एफवान सफ्ट इन्टरनेशनलको २० प्रतिशत स्वामित्व रहेको छ।

गत भदौमा सम्भव सिरोहियाले पनि आफ्नो स्वामित्वको केही शेयर बिक्री गरेपछि कम्पनीमा उनको स्वामित्व  १६ प्रतिशतबाट घटेर १३.६२ प्रतिशत कायम भएको छ । रोशन लामिछानेले भने बिक्री गरिएको मध्ये बाट केही शेयर खरिद गरेर आफ्नो स्वामित्व ०.४० प्रतिशतबाट ०.५५ प्रतिशत पुर्याएका छन् । सुवाष शर्माले आफ्नो केही शेयर बेचेपछि उनको शेयर स्वामित्व ७.६८ प्रतिशतबाट घटेर ६.५४ प्रतिशत कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड रहेको छ। कम्पनीले गत मङ्सिर २४ गते साधारणसभा गरेको छ। सो साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ३१.५८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८०.५३ प्रतिशत नगद लाभांश गरि कुल ११२.११ प्रतिशत लाभांश पारित गरेको छ ।

हेर्नुस् कम्पनीमा कसको स्वामित्व कति ?

अस्गर अलि – २७.९५ प्रतिशत

विश्वास ढकाल – २३.८३ प्रतिशत

एफवान इन्टरनेशनल – २० प्रतिशत

सम्भव सिरोहिया – १३.६२ प्रतिशत

सुवाष शर्मा -६.५४ प्रतिशत

सुवाष सापकोटा- ३.८४ प्रतिशत

कैलाश श्रेष्ठ – १.४४ प्रतिशत

योगेश भट्टराई -१.४४ प्रतिशत

रोशन लामिछाने – ०.५५ प्रतिशत

अकबर खान: ०.४८ प्रतिशत

अद्वेत तुलाधर : ०.३२ प्रतिशत

 

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधारः निवर्तमान अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...

आजदेखि निगमले ग्यास नबेच्ने, डिलरबाटै लिन उपभोक्तालाई आग्रह

नेपाल आयल निगमले सोमबारदेखि ग्यासको प्रत्यक्ष बिक्री वितरण रोकेको...

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयकको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ...

औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी...
spot_img