नेपाल आयल निगमले सोमबारदेखि ग्यासको प्रत्यक्ष बिक्री वितरण रोकेको छ । निगमले भदौ १ गतेबाट सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेता तथा डिलरबाटै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गरेको छ ।
निगमले साउन ३१ गते एक सूचना जारी गर्दै उपभोक्ताहरूले आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको हो ।
निगमले दैनिक ग्यास बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजे उपलब्ध गराउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ ।










