Monday, August 17, 2026
spot_img

आईटी कम्पनीहरुले विदेशमा शाखा खोल्न पाउन थाले अनुमति, आईड्रिम टेक्नोलोजिज पहिलो

spot_img

नेपाल राष्ट्र बैंकले पहिलो पटक नेपाली आईटी कम्पनीहरूलाई विदेशमा आफ्नो शाखा कार्यालय खोल्न र कम्पनीको सेयर (इक्विटी) विदेशमा ट्रान्सफर गर्न कानुनी अनुमति दिएको छ। राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रा.लि.लाई अनुमति दिएको हो।

कम्पनीले अमेरिकामा आईड्रिम एलएलसी नामबाट शाखा कार्यालय खोलेको छ र नेपाल राष्ट्र बैंकले अमेरिकी बैंक खातामा डलरमा इक्विटीको रूपमा रकम ट्रान्सफर गर्न स्वीकृति दिएको छ। यसले अब नेपाली आईटी कम्पनीहरूलाई विदेशी मुद्रा आर्जन गर्न सक्रिय रूपमा लक्ष्य राख्न सहज बनाउने अपेक्षा गरिएको छ।

तर, यस्तो सुविधा सबै आईटी कम्पनीहरूलाई उपलब्ध हुने छैन। विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को चौथो संशोधन मार्फत थपिएको धारा ९(क) अनुसार, नेपाली आईटी कम्पनीहरूले अहिलेसम्म नेपाल भित्र्याएको विदेशी मुद्राको प्रयोग गरी विदेशमा लगानी गर्न पाउनेछन्।

कम्पनीहरुले अधिकतम १० लाख अमेरिकी डलर सम्म यस्तो लगानी गर्न गर्न सक्ने छन्। विगत ३ वर्षमा आर्जन गरेको विदेशी मुद्राको ५० प्रतिशत मात्र विदेशमा लगानी गर्न पाउने छन्। यो सुविधा अन्य फर्म, कम्पनी वा व्यक्तिगत लगानीमा लागू हुने छैन। केवल नेपालमा उद्योग वा कम्पनीको रूपमा दर्ता भएका र विगत ३ वर्षमा विदेशी मुद्रा नेपाल भित्र्याएका आईटी कम्पनीहरूलाई मात्र यो लागू हुन्छ।

नयाँ व्यवस्था अनुसार नेपालमा आधारित आईटी कम्पनीको विदेशमा शाखा कार्यालय खोल्न, विदेशका नयाँ स्टार्टअप कम्पनीहरूमा सेयर लगानी गर्न र साझेदारी वा संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा लगानी गर्न राष्ट्र बैंकले स्वीकृति दिने छ।

यस्तो अनुमति लिनको लागि कम्पनीले अद्यावधिक कागजात, कर चुक्ता प्रमाणपत्र र विदेशी उद्योग वा व्यवस्थापनको विवरण नेपाल राष्ट्र बैंकमा बुझाउनुपर्ने छ। नेपालमा आधारित र विदेशी कम्पनी दुवैको वार्षिक लेखापरीक्षण प्रतिवेदन हरेक वर्ष बुझाउनुपर्छ। सबै कारोबार बैंकिङ प्रणालीमार्फत कानुनअनुसार गर्नुपर्छ ।

नेपाल राष्ट्र बैंकको यो कदमले विदेशी मुद्रा भित्र्याउन र देशको अर्थतन्त्र सुधार्न ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधारः निवर्तमान अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...

आजदेखि निगमले ग्यास नबेच्ने, डिलरबाटै लिन उपभोक्तालाई आग्रह

नेपाल आयल निगमले सोमबारदेखि ग्यासको प्रत्यक्ष बिक्री वितरण रोकेको...

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयकको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ...

औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी...
spot_img