Monday, August 17, 2026
spot_img

नेपाल श्रीलंका चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका एम्बेसडरबीच भेटघाट

spot_img

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियासँग भेटवार्ता गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त र सदस्य कुमार दाहालको उपस्थिति रहेको थियो ।

यो भेटघाटमा एम्बेसडर डेल्पिटियाले आगामी दिनमा दुई मुलुकबीच व्यावसायिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्दै त्यसका लागि दूतावासबाट आवश्यक पहल हुने धारणा राखेका छन् ।

२०२६ जुन महिनामा श्रीलंकामा हुने इन्ड्रस्ट्रियल एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुने विषयमा छलफल भएको छ । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो आयोजना गरिने र श्रीलंकाका प्रतिनिधि सहभागी हुने नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष विजय श्रेष्ठले बताए । भेटघाटमा नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा छलफल भएको छ ।

दुई देशबीचको भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशसँग सम्बन्धित बजार, आर्थिक विकास पहलहरू, विदेशी व्यापार तथा लगानी नीतिहरूमा नियमित छलफल हुन सक्ने उल्लेख छ ।

साथै, भेटघाटमा व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यावसायिक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवद्र्धनका सम्भावित गन्तव्यहरूका बारेमा थप छलफल भएको छ । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको आगामी साधारणसभामा नेपालका लागि श्रीलंकाका एम्बेसडर डेल्पिटिया प्रमुख अथिति रहेने विषयमा समेत छलफल भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आजदेखि म्यानपावर कम्पनी बन्द, माग सम्बोधन नभएसम्म श्रमिकलाई विदेश नपठाउने अडान

आनदेखि देशभरका म्यानपावर कम्पनीहरु बन्द हुने भएका छन् ।...

नाइमा एक्स्पोः १ लाख ८० हजारले गरे अवलोकन, ५५ सय सवारी बुकिङ

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्पन्न भएको छ ।...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधारः निवर्तमान अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...

आजदेखि निगमले ग्यास नबेच्ने, डिलरबाटै लिन उपभोक्तालाई आग्रह

नेपाल आयल निगमले सोमबारदेखि ग्यासको प्रत्यक्ष बिक्री वितरण रोकेको...

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...
spot_img