Monday, August 17, 2026
spot_img

उद्योगीले पाउने भए निर्यात बापतको नगद अनुदान

spot_img

सरकारले स्थगन गरेको निर्यातमा नगद अनुदान कार्यक्रम पूर्ववत् अवस्थामै सञ्चालनमा ल्याउने भएको छ । गत आर्थिक वर्षमा उद्योगीहरुले विदेशमा गरेको निर्यात बापतको अनुदान भूक्तानीका लागि अर्थ मन्त्रालयले करिब साढे ५ अर्ब रुपैयाँ निकासा गर्ने भएको हो ।

यसअघि, जेन् जी आन्दोलन पश्चात बनेको सरकारले उद्योग विभागमार्फत असोजमा एक सूचना निकाल्दै उद्योग मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा थप दायित्व सिर्जना हुने गरी नयाँ निवेदन नलिन निर्देशन प्राप्त भएको जनाउँदै निर्यात बापतको अनुदान दाबी गर्दै आएका निवेदन बुझ्न छोडेको थियो । यस निर्णयमा निजी क्षेत्रले विरोध जनाएको थियो ।

अर्थमन्त्री रामेश्वर खनालसँग यसबारे निजी क्षेत्रका प्रतिनिधिहरुले विभिन्न मञ्च तथा बैठकमा समेत कुरा राखेका थिए । अन्ततः मन्त्री खनाल सकारात्मक भएका हुन् । यससँगै उद्योग विभाग (उद्योग मन्त्रालय)ले अर्थ मन्त्रालयसँग आवश्यक रकम माग गरिसकेको छ ।

उद्योग विभागका अनुसार निर्यातमा दिइने अनुदान अन्तर्गत गत आर्थिक वर्षसम्म निर्यातबापत करिब साढे ५ अर्ब दायित्व सिर्जना भइसकेको छ ।

यसैगरी, सरकारले चालु वर्षदेखि लागू हुने गरी यस प्रकारको अनुदानको मोडालिटी फेरबदल गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका अनुसार यसका लागि छुट्टै कार्यविधि तयार पारिँदैछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आजदेखि म्यानपावर कम्पनी बन्द, माग सम्बोधन नभएसम्म श्रमिकलाई विदेश नपठाउने अडान

आनदेखि देशभरका म्यानपावर कम्पनीहरु बन्द हुने भएका छन् ।...

नाइमा एक्स्पोः १ लाख ८० हजारले गरे अवलोकन, ५५ सय सवारी बुकिङ

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्पन्न भएको छ ।...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधारः निवर्तमान अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...

आजदेखि निगमले ग्यास नबेच्ने, डिलरबाटै लिन उपभोक्तालाई आग्रह

नेपाल आयल निगमले सोमबारदेखि ग्यासको प्रत्यक्ष बिक्री वितरण रोकेको...

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...
spot_img