Thursday, July 16, 2026
spot_img

महासंघ प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, निजी क्षेत्रको मनोबल उकास्ने प्रतिवद्धता

spot_img

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा अघि बढाउने बताएका छन् । नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई दिन अर्थ मन्त्रालय पुगेको नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा उनले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा विकास गर्ने बताएका हुन् ।

महासंघका संयोजक भागिरथ सापकोटाको नेतृत्वमा अर्थमन्त्रालय पुगेका व्यवसायीको टोलीलाई अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको निजी क्षेत्रको मनोबल खस्किएको भन्दै अबका दिनमा यसलाई उच्च बनाउन सुधारका कामहरु अघि बढाउने बताए ।

‘अर्थतन्त्रको मुख्य इन्जिनको रुपमा रहेको निजी क्षेत्रलाई साथमा नलिई सरकार अघि बढ्न सक्दैन,’ उनले भने, ‘मलाई थाहा छ, अहिले निजी क्षेत्रको मनोबल खस्किएको छ, तर अबका दिनमा यहाँहरुको मनोबल उकास्दै अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्नेछु ।’

यसैगरी अर्थमन्त्रमा जेजति समस्या देखिएका छन् सो विषयमा सरकार र निजी क्षेत्र एकै ठाउँमा बसेर निकास निकाल्नु पर्ने अर्थमन्त्री पौडेलको जोड छ । अहिले देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रलाई गतिमा ल्याउन सरकार र निजी क्षेत्रबीचको निरन्तर छलफललाई जारी राख्नुपर्ने उनको भनाइ छ ।

यसैगरी कार्यक्रममा महासंघका संयोजक सापकोटाले अहिले निजी क्षेत्र ठूलो मसस्यामा परेको र यसलाई समाधान गर्न सरकारले तत्काल अग्रसरता लिनुपर्ने बताए । यसअघि पनि विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजारलगायत अर्थतन्त्रका सुचकहरुले उच्च विन्दु छोएको भन्दै अबका दिनमा पनि निजी क्षेत्रलाई साथमा लिएर काम गर्न संयोजक सापकोटाले आग्रह गरे ।

भेटघाटमा संयोजक सापकोटाका साथै महासचिव बालकृष्ण सिवाकोटी, कोषाध्यक्ष डिमप्रकाश पौडेल, कार्यालय प्रमुख सुवर्ण श्रेष्ठ, प्रचार विभाग प्रमुख राम राजा श्रेष्ठलगायत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img