Monday, June 22, 2026
spot_img

एसेम्बल उद्योगसँग व्यापारिक ग्राहकसरह विद्युत शुल्क मागिएपछि मारमा उद्योगी

spot_img
spot_img

विद्युत प्राधिकरणले सवारी एसेम्बल उद्योगलाई व्यापारिक ग्राहक अन्तर्गतको शुल्क माग गरेपछि एसेम्बल उद्योगलाई विद्युत महशुलबापत नै चर्को भार पर्ने देखिएको छ । यस अघिसम्म औद्योगिक ग्राहकका रुपमा महशुल बुझाइरहेका एसेम्बल उद्योगहरुलाई प्राधिकरणले ‘तिमीहरु औद्योगिक ग्राहक होइनौ, व्यापारिक ग्राहक हौ’ भन्ने आशयको पत्र कार्तिक १८ गतेबाट पठाउन थालिसकेको छ । यस आधारमा अब एसेम्बल प्लान्टहरुले व्यापारिक ग्राहकको रुपमा महशुल तिर्नुपरेमा ठूलो भार थपिने देखिएको हो ।

हाल पिक समय (साँझ ५ बजेदेखि राती ११ बजेसम्म), अनपिक समय (राती ११ देखि बिहान ५ बजेसम्म) र अन्य समय (बिहान ५ देखि साँझ ५ बजेसम्म) गरी प्राधिकरणले समयलाई तीन भागमा वर्गीकरण गरेर ग्राहकको महशुल दर तोकेको छ । साथै, बैशाखदेखि मंसिर र पौषदेखि चैतसम्म भनेर एक वर्षलाई दुइ याममा वर्गीकरण गरिएको छ । यस अनुसार पनि महशुल दर निर्धारित छ । उक्त दरलाई विद्युत नियमन आयोगले स्वीकृत गरेको छ ।

जस अनुसार, १३२ के.भी. प्रशारण लाइनबाट टाइम अफ डे मिटर जडान गरेका औद्योगिक ग्राहकले डिमाण्ड शुल्क प्रति के.भी.ए. प्रति महिना २३० रुपैयाँ बुझाउनुपर्छ । इनर्जी शुल्कतर्फ साँझ ५ बजेदेखि राती ११ बजेसम्म विद्युत उपयोग गरेबापत प्रति युनिट १० रुपैयाँ, राती ११ देखि बिहान ५ बजेसम्म प्रति युनिट ४.६५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रति युनिट ८.२० रुपैयाँ महशुल तिर्नुपर्छ ।

यस्तै, ६६ के.भी.बाट लाइन लिएका औद्योगिक ग्राहकले डिमाण्ड शुल्कबापत प्रति के.भी.ए. प्रति महिना २४० रुपैयाँ बुझाउनुपर्छ । इनर्जी शुल्कतर्फ साँझ ५ बजेदेखि राती ११ बजेसम्म प्रति युनिट १०.१० रुपैयाँ, राती ११ देखि बिहान ५ बजेसम्म प्रति युनिट ४.७५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रति युनिट ८.३० रुपैयाँ महशुल तिर्नुपर्छ ।
महशुल निर्धारण आयोगका अनुसार १३२ र ६६ के.भी.बाट टाइन अफ डे मिटरबाट विद्युत खपत गर्ने व्यवसायिक ग्राहक छैनन् ।

व्यापारिक ग्राहकलाई भार
मझ्यौला भोल्टेज (३३ के.भी.)बाट विद्युत खपत गर्नेमा भने औद्योगिक र व्यापारिक दूबै ग्राहक छन् । ३३ के.भी.बाट लाइन लिएका औद्योगिक ग्राहकले डिमाण्ड चार्जबापत प्रति के.भी.ए. प्रति महिना २५० रुपैयाँ बुझाउनुपर्छ भने व्यापारिक ग्राहकले प्रति के.भी.ए. प्रति महिना ३१५ रुपैयाँ बुझाउनुपर्छ । अब एसेम्बल प्लान्टहरु औद्योगिक ग्राहकबाट व्यापारिक ग्राहक हुनासाथ डिमाण्ड चार्जबापत अहिलेको भन्दा प्रति के.भी.ए. प्रति महिना ६५ रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ ।
इनर्जी शुल्कतर्फ औद्योगिक ग्राहकले साँझ ५ बजेदेखि राती ११ बजेसम्म प्रतियुनिट १०.२० रुपैयाँ र व्यापारिक ग्राहकले प्रतियुनिट १२.३० रुपैयाँ तिर्नुपर्छ । यस आधारमा अब एसेम्बल उद्योगले पिक आवरमा यस अघिको भन्दा प्रति युनिट २.१० रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ ।

राती ११ देखि बिहान ५ बजेसम्म औद्योगिक ग्राहकले ५.२५ रुपैयाँ प्रतियुनिट महशुल तिर्दा हुन्छ भने व्यापारिक ग्राहकले ६.७५ रुपैयाँ तिर्नुपछ । यो प्रावधानअनुसार अब एसेम्बल प्लान्टहरुले राती ११ देखि बिहान ५ बजेसम्म यस अघिको भन्दा प्रतियुनिट १.५० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ ।

बिहान ५ देखि साँझ ५ बजेसम्म औद्योगिक ग्राहकले प्रतियुनिट ८.४० रुपैयाँ र व्यापारिक ग्राहकले प्रतियुनिट १०.८० रुपैयाँ तिर्नुपर्छ । यसअनुसार अब एसेम्बल उद्योगहरुले यो समयमा पनि २.४० रुपैयाँ बढी महशुल बुझाउनुपर्ने अवस्था रहन्छ ।
यो भनेको बैशाखदेखि मंसिर सम्मको दर हो ।

पौषदेखि चैतसम्म भने दिनको दुइ थरी मात्रै महशुल दर छ । साँझ ५ बजेखि राती ११ बजेसम्म र राती ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म गरी दुइ थरी महशुल दर तोकिएको छ । जस अनुसार ३३ के.भी. लाइनका औद्योगिक ग्राहकले पौषदेखि चैतसम्म साँझ ५ बजेदेखि राती ११ बजेसम्म प्रतियुनिट १०.२० रुपैयाँ र व्यापारिक ग्राहकले प्रतियुनिट १२.३० रुपैयाँ महशुल तिर्नुपर्छ । यो दर अनुसार एसेम्बल प्लान्टलाई विद्युत प्राधिकरणले व्यवसायिक ग्राहकमा रुपान्तरण गरेपछि प्रतियुनिट २.१० रुपैयाँ बढी तिर्नुपर्छ ।

राती ११ देखि भोलिपल्ट साँझ ५ बजेसम्म औद्योगिक ग्राहकले प्रतियुनिट ८.४० रुपैयाँ र व्यापारिक ग्राहकले प्रतियुनिट १०.८० रुपैयाँ तिर्नुपर्छ । यस हिसाब अनुसार अब एसेम्बल प्लान्ट यसअघिको तुलनामा एक युनिट बराबर नै २.४० रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ ।

यस आधारमा अब एसेम्बल प्लान्टलाई प्राधिकरणले औद्योगिक ग्राहकको सूचीबाट हटाएर व्यवसायिक ग्राहकमा राखेपछि प्रति युनिट विद्युत महशुल नै अहिलेको तुलनामा ६ रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ । पिक आवरको प्रतियुनिट २.१० रुपैयाँ, अन पिक आवरको एक युनिट बराबर १.५० रुपैयाँ र अन्य समयको प्रतियुनिट २.४० रुपैयाँ बढी महशुल तिर्नुपर्ने देखिएको हो । योसँगै हरेक महिना प्रति के.भी.ए. प्रति महिनाका दरले बुझाउनुपर्ने डिमाण्ड चार्जमा पनि एक के.भी.ए.मा ६५ रुपैयाँ थप हुनेछ ।

उद्योगीहरुका अनुसार यसको असर गाडी तथा बाइकको मूल्यमा पर्ने देखिन्छ ।

यस अघि : फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

प्राइम कमर्शियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

प्राइम कमर्शियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने...

सर्वसाधारणले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...
spot_img