आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले २०८३ साउनमा आवेदन दिएका हुन् ।
आवेदन दिनेमा एउटा हाइड्रोपावर कम्पनी, एउटा कृषि कम्पनी, एउटा अस्पताल र एउटा इन्भेष्टमेन्ट कम्पनी रहेको छ।
कसको कति ?
१. मकरीगाड हाइड्रोपावर लिमिटेडले २२ लाख २७ हजार ५ सय कित्ता शेयर निष्काशनको लागि साउन २२ गते आवेदन दिएको हो। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
२.कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले २४ लाख कित्ता शेयर निष्काशनको लागि साउन २९ गते आवेदन दिएको हो। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ।
३. इन्द्रेणी मसरुम फार्म लिमिटेडले८ लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि साउन २२ गते आवेदन दिएको हो। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
४. मध्यपुर अस्पताल लिमिटेडले २८ लाख कित्ता शेयर निष्काशनको लागि साउन २२ गते आवेदन दिएको हो। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।









