Monday, August 17, 2026
spot_img

विद्युत बक्यौता विवाद: पन्चकन्याका दुई उद्योगले नियमन आयोगबाट पाएनन् अन्तरिम आदेश

spot_img

विद्युत नियमन आयोगले पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । आज कार्तिक ३० गते विद्युत नियमन आयोगको इजलाशले अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

भैरहवास्थित पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजले विवादित विद्युत बक्यौताको पहिलो किस्ता विद्युत प्राधिकरणमा बुझाएर न्यायिक निरुपणको लागि विद्युत नियमन आयोगमा उजुरी दर्ता गराएको थियो । जसमा दुवै उद्योगले नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत सप्लाई लिएको उपोभोक्तालाई वक्यौता विद्युत महशुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्तिको माग गरेका थिए। तर आयोगको इजलाशले उद्योगको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको हो । अब उद्योगलाई आयोगको आदेश विरुद्द अदालत जाने बाटो खुलेको छ ।

पञ्चकन्या प्लाष्टिक उद्योगले पहिलो किस्ताबापत ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टील इण्डष्ट्रिजको पहिलो किस्ताबापत १ लाख ८६ हजार ४०५ रुपैयाँ बुझाएपछि प्राधिकरणले उद्योगमा लाइन जोडिदिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हालसम्म ११ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ११ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को...

एभरेष्ट कलरका उत्पादन खरिद गर्दा लखपति बन्ने अवसर

एभरेष्ट कलरले 'Everest सँग ३-३ जना लखपति!!' योजना सार्वजनिक...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार...

आजदेखि म्यानपावर कम्पनी बन्द, माग सम्बोधन नभएसम्म श्रमिकलाई विदेश नपठाउने अडान

आनदेखि देशभरका म्यानपावर कम्पनीहरु बन्द हुने भएका छन् ।...

नाइमा एक्स्पोः १ लाख ८० हजारले गरे अवलोकन, ५५ सय सवारी बुकिङ

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्पन्न भएको छ ।...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधारः निवर्तमान अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...
spot_img