Monday, September 7, 2026
spot_img

एभरेष्ट कलरका उत्पादन खरिद गर्दा लखपति बन्ने अवसर

spot_img

एभरेष्ट कलरले ‘Everest सँग ३-३ जना लखपति!!’ योजना सार्वजनिक गरेको छ। कम्पनीले २०८३ भदौ १ गतेदेखि मङ्सिर २९ गतेसम्म लागु हुने गरि योजना सार्वजनिक गरेको हो ।

योजना अनुसार २५ हजार वा सो भन्दा बढीको खरिदमा बम्पर प्राइज अन्तर्गत ३ जनाले लखपति बन्ने अवसर पाउने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार ३ जना लखपतिका अलावा ५ जनाले सामसुङ फ्रिज, १० जनाले Honor choice 2 pro स्मार्टवाच, २५ जनाले यशोदा इन्डक्सन स्टोभ र ५० जनाले कम्पनीको तर्फबाट गिफ्ट ह्याम्पर पाउने छन् ।

यो योजना रु.२५,००० वा सोभन्दा बढीको हरेक खरिदमा मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ। योजनामा सहभागी हुन Everest Colour का तोकिएका उत्पादनहरु खरिद गर्नुपर्नेछ । कम्पनीका अनुसार लखपति तथा अन्य उपहारहरू लक्की इ मार्फत छनोट गरिनेछ र एकै खरिद / बिललाई दोहो-याएर योजनामा सहभागी हुन पाइने छैन । उपहार प्राप्त गर्न खरिदको सक्कल बिल / प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने र योजनाअन्तर्गत प्राप्त उपहार नगदमा साट्न वा अन्य उपहारसँग परिवर्तन गर्न नपाइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विजेताले तोकिएको समयभित्र उपहार दाबी नगरेमा कम्पनीको निर्णयअनुसार पुन: विजेता छनोट गर्न सकिनेछ । कर तथा अन्य लागू शुल्कहरु प्रचलित नियम अनुसार विजेताले व्यहोर्नुपर्ने र उपहार तथा अन्य करहरु नेपाल सरकारको नियम अनुसार TDS कट्टा गरिने कम्पनीले प्रष्ट पारेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...