Monday, June 22, 2026
spot_img

विद्युत बक्यौता विवादबारे अर्घाखाँची सिमेन्टले दायर गरेको मुद्दामा कारण देखाउ आदेश

spot_img
spot_img

विद्युत बक्यौता विवादबारे अर्घाखाँची सिमेन्टले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । आज सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्न दुवै पक्षलाई बोलाएको हो।

विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाईनको विद्युत महशुल तिर्न बाँकि भन्दै कम्पनीलाई बक्यौता तिर्ने बिल पठाएर लाइन काटेपछि कम्पनीले कार्तिक २१ गते सर्वोच्चमा रिट दायर गरेको थियो । आफ्नो कुनै पनि विद्युत महशुल बाँकि नरहेको भन्दै कम्पनीले प्राधिकरणले पठाएको पत्र कार्यान्वयन नगर्न र तत्काल लाइन जोड्नको लागि अन्तरिम आदेश माग गरेको थियो ।

कम्पनीले यस रिटमा नेपाल विद्युत् प्राधिकरण केन्द्रिय कार्यालय , नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति , उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय , उर्जा जलस्रोत तथा सिंचाई मन्त्री , नेपाल सरकार मन्त्री परिषद्को कार्यालय , अर्थ मन्त्री र अर्थ मन्त्रालय ,  उद्योग मन्त्री तथा मन्त्रालय , विद्युत् नियमन आयोग , नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्र , नेपाल विद्युत् प्राधिकरण अमुवा विवरण केन्द्र , नेपाल विद्युत् प्राधिकरण हेटौडा वितरण केन्द्र , नेपाल विद्युत् प्राधिकरण विरगंज वितरण केन्द्र लगायतलाई विपक्षी बनाएको छ ।

यो कम्पनी नेपाल उद्योग वाणिज्य महसंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

प्राइम कमर्शियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

प्राइम कमर्शियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने...

सर्वसाधारणले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...
spot_img