Wednesday, June 24, 2026
spot_img

शार्क ट्यांकमा डेलिश डेरिज: १० करोडको डिल रिजेक्ट, ‘भिजन ओभर भ्यालुएसन’ मा जोड

spot_img
spot_img

शार्क ट्यांक नेपालको पहिलो सिजनको एपिसोड ७ मा शार्कहरुले अहिलेसम्म कै ठूलो रकम लगानीको लागि अफर गरेका छन् । बुधबार प्रसारण भएको सो एपिसोडमा शार्कहरुले १० करोड लगानीको प्रस्ताव गर्दा उद्यमीले सो अफरलाई रिजेक्ट गरेका हुन्।

डेलिश डेरिजका को-फाउण्डरहरु सूर्य कार्की र सन्दिप पौडेल शार्क ट्यांकमा आफ्नो उद्यमबारे पिच गर्न पुगेका थिए। को-फाउण्डर सूर्य कार्की अमेरिकामा आफ्नो उच्च शिक्षा सकेर नेपाल फर्किएका हुन् । उद्यमशिलताको आफ्नो यात्रा अमेरिकामै तय गरेर नेपाल फर्किएको उनी बताउछन् । संखुवासभाका उनी शिक्षा क्षेत्रमा पनि आवद्द छन् ।

उनी सहित अन्य साथीहरुले ३ वर्ष अगाडी डेलिश डेरीको सुरुवात गरेका हुन् । डेलिश डेरिजले विभिन्न कृषकहरुबाट दुध खरिद गरेर विभिन्न दुग्धजन्य वस्तु उत्पादन गरेर बिक्री गर्दै आएको छ । उनीहरुले आफ्नो उत्पादनलाई क्वालिटी सहितको होम ग्रोन, नेपाली, अल नेचुरल र प्रिमियम प्रोडक्टको रुपमा चिनाउने गरेका छन् । उनीहरुले ग्रिक स्टाइल, लो फ्याट र हाइ प्रोटिनयुक्त र स्वस्थ योगर्ट पनि उत्पादन र बिक्री गर्दै आएका छन्। डेलिशको मुख्य फ्याक्ट्री चितवनमा रहेको छ र कम्पनीको कुल दुई वटा फ्याक्ट्री छ। त्यस्तै कम्पनीको फिक्कलमा होल्डिंग कम्पनी अन्तर्गत संचालन हुने अर्को फ्याक्ट्री पनि खुल्दै छ, जसले पनिर मात्र उत्पादन गर्नेछ। कम्पनीको उत्पादन डेलिश र पंचमी ब्राण्डमा बिक्री हुंदै आएको छ।

पहिलो वर्ष ५ करोडको उत्पादन बिक्री गरेको डेलिशले गत आर्थिक वर्षमा २१ करोडको बिक्री गरेको छ। कम्पनीले करपछिको नाफा १० देखि १२ प्रतिशत हुने प्रक्षेपण गरेको छ। कम्पनीले पहिलो वर्षदेखि नै हरेक वर्ष शतप्रतिशत ग्रोथ गरिरहेको जनाएको छ। तेस्रो वर्षदेखि आफुहरु ब्रेक एभेनमा आएको कम्पनीले जनाएको छ।

डेलिशले शार्कहरुसँग आफ्नो व्यवसाय विस्तारको लागि ४ प्रतिशत शेयरको बदलामा १० करोड रुपैयाँको लगानी माग गरेको थियो। डेलिशले कम्पनीले भ्यालुएसन २५० करोडको गरेको थियो, जुन शार्क ट्यांकमा आएको उद्यम मध्ये अहिलेसम्म कै धेरै भ्यालुएसन गरिएको कम्पनी हो।

कम्पनीमा एनआईबिएल इक्विटी पार्टनर्सको पनि २५ प्रतिशत लगानी छ। जसले प्रति कित्ता प्रति शेयर ९५० मा कम्पनीको शेयर खरिद गरेको थियो। प्रति शेयर ९५० कै मूल्यलाई आधार मानेर कम्पनीले कम्पनीको भ्यालुएसन गरेको थियो। शार्कहरुले कम्पनीले गरेको यो भ्यालुएसन नमिलेको भन्दै यसरी कम्पनीको भ्यालुएसन गर्न नमिल्ने बताए।  डेलिशले आईपीओमा जाने योजना र लक्ष्य पनि रहेको बताएको छ। त्यसको लागि ४ वर्ष जति समय लाग्ने बताएको छ।

शार्क आनन्द बगरिया आफु यस अघि नै यहि क्षेत्रमा रहेकोले स्वार्थ बाझिने भन्दै आफुले लगानी गर्न नसक्ने बताए। शार्क सौरभ ज्योतिले अहिले धेरै महँगो मूल्यमा शेयर हाल्नु पर्ने, र प्रतिफल आउन धेरै समय लाग्ने भएकोले आफुले पनि लगानी नगर्ने बताए। शार्क क्याबिनेट श्रेष्ठले यस क्षेत्रमा आफ्नो ज्ञान र अनुभव पनि नरहेको, भ्यालुएसन धेरै भएको तथा प्रतिफल आउन समय लाग्ने भएकोले आफुले पनि लगानी नगर्ने बताए।

शार्क हेमराज ढकाल र शार्क ऋतु सिंह वैद्यले संयुक्त रुपमा १० करोड रुपैयाँ दिने तर आफुलाई २० प्रतिशत शेयर चाहिने बताए। जसमा डेलिशले काउन्टर अफर अन्तर्गत १० करोड रुपैयाँ तर ५.५ प्रतिशत शेयर दिने गरि प्रस्ताव गर्यो। जुन सुरुवातको ४ प्रतिशत भन्दा केही बढी थियो। तर भ्यालुएसन नमिलेको र ५.५ प्रतिशत शेयरमा आउन शार्क ढकाल र वैद्यले लगानी गर्न नसक्ने बताए। तर अर्को अफर भने दिए, जुन १५.३८ प्रतिशत शेयरको बदला १० करोडको रकम थियो। अर्थात् शार्कहरु २० प्रतिशतबाट १५.३८ प्रतिशतमा झरिसकेका थिए।  यस अघिको लगानीकर्तालाई दिएको भ्यालुलाई भन्दा त्यसमा घटेर नयाँ लगानीकर्तालाई ल्याउन नसकिने भन्दै डेलिशले धन्यवादसहित सो प्रस्ताव पनि अस्विकार गर्यो। र को फाउण्डर सूर्य कार्की शार्कहरुलाई ‘सरी’ भन्दै विदा भए।

शार्क ट्यांकमा पिच गर्न नआएका अर्का कोफाउण्डर विनय बोगटीले डेलिश भ्यालुलाई रिडिफाइन गर्न आएको र पैसाको पछि नलागेकोले सो अफर रिजेक्ट गरेको बताए । आफुहरुले भ्यालुएसनभन्दा पनि भिजन रोजेको बताए। उनले अवसरलाई अस्विकार गरेको नभई आफ्नो उदेश्यलाई प्रष्ट पारेको उल्लेख गरे। उनले डेलिशले डेरी कम्पनी मात्र बनाईरहेको नभई नवप्रवर्तन, समुदाय र सांस्कृतिक गर्वसहितको सशक्त विरासत बनाइरहेको बताए।

उनले युवालाई संदेश दिँदै भनेका छन् ‘मूल्यवान हुन कसैको मान्यता चाहिँदैन। साहसी, सैद्धान्तिक र अत्यधिक महत्वाकांक्षी बन्नु सकिन्छ। १० करोड छोडेर हिड्नु भनेको त्यो भन्दा पनि ठूलो उदेश्यको लागि हिड्नु हो।’

यो पनि : जब शार्क ट्यांक नेपालका ५ जना शार्कले नै २ सय रुपैयाँको चेक काटेँ

शार्क ट्याङ्कको छैठौं एपिसोडमा अल्छि पसल र ओरेन्ज बलले पाए डिल, कुनले कति ?

शार्क ट्याङ्कको तेस्रो एपिसोडमा ९० लाखको डिल: कसले पाए, कसले पाएनन् ?

शार्क ट्यांकको पाँचौं एपिसोडमा एउटै व्यवसायले पायो २ करोडको डिल, अरुले कति पाए ?

पूर्व सांसद शान्ताको शार्क ट्यांक यात्रा: डिल नपाए पनि पाईन् सहयोगको वाचा र सम्मान

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img