Wednesday, June 24, 2026
spot_img

जब शार्क ट्यांक नेपालका ५ जना शार्कले नै २ सय रुपैयाँको चेक काटेँ

spot_img
spot_img

आफ्नो उद्यमको लागि थप लगानी जुटाउने उदेश्यले वा आफ्नो उद्यमको विज्ञापन गर्ने उदेश्यले उद्यमीहरु शार्क ट्यांकमा जाने गर्छन्। जहाँ उद्यमीहरु हजार, लाख वा करोडमा लगानीको लागि आग्रह गर्छन् ।

तर बुधबार प्रसारण भएको शार्क ट्यांक नेपालको पहिलो सिजनको सातौँ एपिसोडमा भने एउटा फरक दृष्य देखियो । जहाँ एउटा व्यवसायले १ हजार रुपैयाँको लागि मात्र लगानी गर्न आग्रह गर्यो र पाँच जना शार्कले नै त्यसलाई स्वीकार गरेर प्रति शार्क २ सय रुपैयाँको चेक काटेर लगानी गरे। अर्थात् उनीहरुले २ सय रुपैयाँ लगानी गरे।

यसरी लगानी पाउने व्यवसायको बिहे नेपाल, जुन सन् २०२२ देखि सुरु भएको हो । यसले मोबाइल एप मार्फत वर र बधुलाई विवाहको लागि जोडी मिलाईदिने काम गर्छ। अर्थात् यो म्याच मेकिंग एप हो। यो व्यवसाय श्रेया कटुवाल र श्रद्धा कटुवालले सुरु गरेका हुन् । उनीहरु दिदीबहिनी हुन् । उनीहरुका अनुसार हालसम्म बिहे नेपालको एप १ लाख ५५ हजार पटक डाउनलोड भईसकेको छ। र यसले विश्वका जुनसुकै कुनामा रहेका नेपालीलाई पनि जोडी मिलाइने काम गर्छ । साथै एपमा जोडी फिक्स नभएसम्म अनुहार लुकाउन सकिने युजर प्राइभेसीको सुविधा, ब्लाइन्ड डेटमा जान सकिने सुविधा र कुण्डली म्याचिङको सुविधा पनि रहेको छ।

यो आइडिया आफ्नो आमाको रहेको र दुई महिना अगाडी आमाको निधन भएता पनि आमाको सपनालाई आफुहरुले अगाडी बढाईरहेको ति दिदीबहिनीहरुको भनाई थियो । उनीहरुको कम्पनीको भ्यालुएसन १ लाख रुपैयाँको गरेर १ प्रतिशतको शेयरको लागि १ हजार रुपैयाँ मात्र लगानीको लागि माग गरेका थिए। सिम्बोलिक रुपमा मात्र लगानी चाहिएको भन्दै १ हजार रकम माग गरिएको उनीहरुको भनाई थियो। साथै १ प्रतिशतभन्दा बढी शेयर पनि नदिने उनीहरुको भनाई थियो।

उनीहरुको प्रस्तावमा सबै शार्कले सहमति जनाउदै कुल १ हजार लगानी गरेका हुन् । जुन प्रति शार्क २ सय रुपैयाँ मात्र हो । सबै शार्कले २ सयको चेक उनीहरुलाई प्रदान गरेका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img