हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

spot_img

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। बैंकले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

बैंकले हाल कायम चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२/– (अक्षरेपी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसट्ठी हजार नौ सय बाईस रुपैयाँ मात्र) बराबरको प्रति शेयर रु. १००/– अंकित दरका १४,९१,७५,६६९.२२ (अक्षरेपी चौध करोड एकानब्बे लाख पचहत्तर हजार छ सय उनान्साठ्ठी दशमलव बााईस) कित्ता साधारण शेयरको दुई शेयर बराबर एक (२:१) शेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण शेयर बराबर नयाँ १ (एक) कित्ता साधारण शेयर) को अनुपातमा साविकका शेयरधनीहरुको लागि रु. ७,४५,८७,८३,५००/– (अक्षरेपी सात अर्ब पैंतालीस करोड सतासी लाख त्रीयासी हजार पाँच सय रुपैयाँ) बराबरको प्रति कित्ता रु. १००/- (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७,४५,८७,८३५ (सात करोड पैंतालीस लाख सतासी हजार आठ सय पैतीस) कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो । उक्त हकप्रद शेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइने बैंकले जनाएको छ ।

हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको बैंकले उल्लेख गरेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...