कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। असार ५ गते सिडिएससी र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।
अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।












