spot_img

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

spot_img

उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ ।
काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए ।

आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

अहिले उद्योगी व्यवसायीहरुको बटमलाईन भनेको कानुनसम्त दर्ताभएका उद्योगहरुको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । क्रसर उद्योगीहरुले विगत १० वर्षदेखी उद्योगहरुको नवीकरण हुन नसक्दा आफुहरु मारमा परेको  समेत बताए ।

आफुहरुको माग सम्बोधनका लागि पटक–पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...