Thursday, July 9, 2026
spot_img

चीसो मौसममा रुघाखोकीबाट कसरी बच्ने ? डा. खनालको सुझाव

spot_img

काठमाडौँसहित देशभर चीसो बढिरहेको छ । चीसो बढेसँगै मानिसहरुमा रुघाखोकीसहित विभिन्न समस्याहरु देखिने गर्दछन् । अझ खानपान र हिडडुलमा ध्यान नदिँदा यस्ता समस्याहरु बढी देखिन्छन् भन्ने विज्ञहरुको भनाइ रहँदै आएको छ ।

यसै विषयमा केन्द्रित रहेर हामीले चीसो मौसममा के कस्ता स्वास्थ्य समस्या देखिन्छन् ? ति समस्याहरु समयमै निराकरण नहुँदा त्यसले दीर्घकालमा पार्ने असर कस्ता हुन्छन् र बच्ने उपाय के हुन सक्छ भन्ने बारेमा नाक, कान, घाँटी विशेषज्ञ डा. प्रकाश खनालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

चीसो मौसममा घाँटी र नाकमा समस्या बढी देखिन्छ भन्ने गरिन्छ । यो समयमा घाँटी र नाकमा के कस्ता समस्याहरु देखिन्छन् ?

साधारणतया चीसो मौसमा भाइरल इन्फेक्शनहरु हुने गर्दछ । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट सिँगान बगिरहने हुन्छ । भाइरल इन्फेक्शन, फेरेनजाइटिस, टङ्सीलाइटिस जस्ता समस्याहरु पनि चीसो मौसममा बढी देखिन्छ ।

यी समस्याहरु देखिनुमा मानवीय कारण चाहिँ कत्तिको हुन्छ ?

चीसो मौसममा भाइरसहरु बढी सक्रिय हुन्छन् । भाइरस बढी सक्रिय हुने भएकाले एक मान्छेबाट अर्को मान्छेमा सर्ने हुनाले जाडो याममा भाइरल इन्फेक्शन बढी हुने हो । यसबाट बच्न हामी चीसो चिजबाट जोगिनु पर्छ । मान्छेले यसो गरेकै कारण चीसो मौसममा भाइरल इन्फेक्शन हुन्छ भन्ने भन्दा पनि चीसोबाट नजोगिँदा बढी समस्या हुन्छ ।

कुनै लक्षण देखिएमा चीसोकै कारण समस्या भएको हो वा आफ्नो कुनै अन्य रोगको कारण समस्या देखिएको अथवा बढेको भनेर कसरी छुट्याउने ?

यसमा ठ्याक्कै यसैगरी मान्छे आफैँले छुट्याउन सक्छ भन्ने प्यारामिटर हुँदैन । तर, बिरामीको हिस्ट्री (बिरामीको विगत)बाट धेरैहदसम्म थाहा हुन्छ । अर्को कुरा भनेको स्वास्थ्य परीक्षणबाट नै थाहा हुन्छ । यसरी परीक्षण गर्दा देखिने सिमटम्सबाट के कसरी भएको हो भन्ने छुट्याउन सकिन्छ ।

कुन उमेर समूहका मानिसहरुलाई चीसो मौसममा बढी जोखिम हुन्छ ?

साना बच्चाहरु र वृद्धहरुलाई नै बढी जोखिम हुने गर्दछ । यसमा पनि ३ देखि ७ वर्षको बच्चाहरुमा चीसोले गर्दा बढी समस्या देखिन सक्छ । अर्को भनेको ६०/६५ वर्ष माथिका वृद्धहरुलाई बढी समस्या देखिने गर्दछ ।

तर, यसको मतलब अरु उमेर समूहलाई कुनै जोखिम हुँदैन भन्ने होइन । सबै उमेर समूहका व्यक्तिहरुमा चीसोका कारण समस्या हुन सक्छ । यद्यपी, बढी हुने भनेको चाहिँ ३ देखि ७ वर्षका बच्चाहरुमा र ६०/६५ वर्ष माथिका वृद्धहरुमा हो ।

भाइरल रुघाखोकी र ज्वरो सामान्यतया कति दिनसम्म रहन्छ ?

भाइरल इन्फेक्शनले गर्दा हुने फ्लू वा रुघाखोकी भनेको सामान्यतया २ देखि ४ दिनमा कम हुन्छ । सुरु भएको ३ दिन, ४ दिनमा विस्तारै आफैँ कम हुँदै जान्छ । यदि त्यसमा ब्याक्टेरियल इन्फेक्शन भयो भने साइनोसाइटिस (पीनास), टङ्सीलाइटिस, फेरेनजाइटिस जस्ता समस्या देखिन सक्छन्, जुन लामो समयसम्म रहन्छन् । एक हप्ता, १० दिन, १२ दिनसम्म पनि रहन्छन् ।

यदि यस्तो भएको खण्डमा चाहिँ एन्टिबायोटिक्सको प्रयोग पनि गर्नुपर्ने हुन्छ ।

भाइरल रुघाखोकी र चीसोबाट देखिने समस्याबाट जोगिने घरेलु विधिहरु के हुन सक्छन् ?

घरेलु विधि भनेको हामी सकेसम्म चीसोबाट जोगिनुपर्‍यो । बाहिर हिड्दा धुँवा धुलोबाट जोगिन मास्कको प्रयोग गर्ने, तातो पानी पिउने, न्यानो कपडा लगाउने गर्नुपर्दछ । साना बच्चाहरुलाई चीसो वस्तुहरु खेलाउन दिनु भएन, चीसो चिजहरु खान दिनु भएन । युवा वयस्क उमेर समूहकाहरुले पनि फ्रीजमा राखेका चीसो पदार्थहरु नखानु राम्रो हुन्छ ।

रुघाखोकी लाग्यो भने तातो सूप बनाएर खाने, तातोपानी मात्रै पिउने गर्नुपर्छ । यसले सामान्य रुघाखोकी र सामान्य भाइरल ज्वरोहरु निको हुन सक्छ । यदि यसो गर्दा पनि निको भएन भने चिकित्सकको सल्लाहअनुसार औषधिउपचार गर्नुपर्ने हुन्छ ।

मान्छेहरुले सामान्य रुपमा लिए, घरेलु विधि प्रयोग गरेर ठिक नहुँदा पनि चिकित्सकीय सल्लाह लिएन र त्यसै बस्यो भने यस्ता समस्याले भविष्यमा दीर्घकालिन रुपमै स्वास्थ्य समस्या निम्तिने जोखिम कत्तिको हुन्छ ?

एकदमै हुन्छ । टङ्सीलाइटिसकै कुरा गरौँ, भाइरल इन्फेक्शनले घाँटी दुख्ने समस्या भएको हो भने ३ देखि ४ दिनमा निको हुँदै जान्छ । यदि यसमा ब्याक्टेरियल इन्फेक्शन भएर टङ्सीलाइटिस भयो भने चिकित्सकको सल्लाह लिएर समयमा उपचार गरेन भने यसको प्रभाव शरीरका अन्य भागमा पनि फैलिन्छ । कालान्तरमा मुटुमा असर पर्ने, मिर्गौलामा असर पर्ने, अरु अंगहरुमा इन्फेक्शन फैलिने जोखिम हुन्छ ।

यसकारण घरेलु विधिमार्फत उपचार गर्दा पनि लक्षणहरु कम भएन, झन बढी च्याप्न थाल्यो, ज्वरो बढ्न थाल्यो, शरीर शिथिल हुने हुन थाल्यो भने चिकित्सकको सल्लाह लिन ढिलो गर्नु हुँदैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img