Saturday, November 15, 2025
spot_img

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकलाई मेघा हस्पिटलमा छुट

spot_img

सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुले ललितपूरस्थित मेघा हस्पिटलमा उपचार गराउँदा तोकिए बराबर छुट पाउने भएका छन् । मेघा हस्पिटल सामाजिक सुरक्षा कोषमा आवद्ध भएको हस्पिटल भएकाले कोषमा सूचिकृत श्रमिक र परिवारले उक्त हस्पिटलमा उपचार गराउँदा कोषबाट पाउने छुट सुविधा उपयोग गर्न पाउने भएका हुन् ।

कोषमा आवद्ध श्रमिकहरुले मेघा हस्पिटलमा उपचार गराउँदा र स्वास्थ्य जाँच गराउँदा उपचार र जाँच अनुसार कोषबाट उपलब्ध हुने सहुलियत प्राप्त गर्नेछन् । जस अनुसार दुर्घटनामा परी घाइते भएर उचार गराउँदा ७ लाखसम्म छुट पाइनेछ । कार्यक्षेत्रमा हुने दुर्घटनाबाट अंगभङ्ग भएको अवस्थामा उपचार शुल्क शत् प्रतिशत छुट हुनेछ ।

यस्तै, पायल्स, हाइड्रोशील, पत्थरी जस्ता रोगको अपरेशन गर्नुपर्दा १ लाखसम्म खर्च लाग्दा बिरामीले जम्मा २० प्रतिशत (२० हजार) मात्रै तिरे पुग्छ । बाँकी ८० प्रतिशत छुट हुनेछ ।

यसैगरी, ओपीडी सेवामा २५ हजारसम्म शुल्क लाग्ने अवस्था रहँदा यसमध्ये पनि बिरामीले २० प्रतिशत मात्रै तिरे पुग्छ । बाँकी ८० प्रतिशत छुट पाइनेछ ।

हस्पिटलका अध्यक्ष किशोरजंग राणाका अनुसार मेघा हस्पिटल सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सो क्षेत्रकै पहिलो हस्पिटल हो । सामाजिक सुरक्षा कोष अन्तर्गत प्राप्त हुने स्वास्थ्य सेवा तथा सुविधाहरु यस अस्पतालले निरन्तर प्रदान गरिरहेको छ ।

नेपाल सरकारले श्रमिकको सामाजिक सुरक्षालाई दृष्टिगत गरि हरेक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै सुरक्षाको प्रत्याभूति दिलाउने कार्यक्रम अघि सारेको अवस्थामा सरकारको कार्यक्रमलाई सफल बनाउन मेघा हस्पिटल पनि कोषमा आवद्ध भएको अध्यक्ष राणाले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img