Thursday, July 9, 2026
spot_img

औषधि लिमिटेडले भन्यो ‘सिटामोलको अभाव छैन, काउन्टरबाट सहजै उपलब्ध हुन्छ’

spot_img

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको स्पष्ट पारेको छ। ‘सिटामोल’ को अभाव रहेको भन्ने विभिन्न माध्यमबाट आएको जनगुनासोबारे आफ्नो ध्यानाकर्षण भएको लिमिटेडले जनाएको छ ।

लिमिटेडका अनुसार लिमिटेडको प्रमुख उत्पादनको रूपमा रहेको सिटामोल (Paracetamol Tablet) को नियमित उत्पादन भइरहेको छ। साथै लिमिटेडमा खरिदका लागि सम्पर्क गर्ने लिमिटेडका सबै स्टकिस्टहरू, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइएको लिमिटेडले जनाएको छ ।

साथै पछिल्लो समयमा बढ्न गएको डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौं, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको पनि लिमिटेडले प्रष्ट पारेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img