Thursday, July 9, 2026
spot_img

आँखा उपचार नपुगेका ठाउमा सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योतीबीच सम्झौता

spot_img

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।

आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार संघले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्नेछ । यसैगरी,आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि संघले सघाउने भएको छ । मन्त्रालयले संघका विदेशी आँखा चिकित्सकलाई उपचारमा सहभागी गराउन सहजीकरण गर्नेछ भने छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिर्ला संघीय तथा प्रादेशिक अस्पतालबाट खटाउन सघाउनेछ ।

सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रुपमा विकास गर्न आँखा उपचार सेवाले भूमिका खेल्ने विश्वास गरे ।

‘अहिले पनि भारतलगायतका ठाउँबाट आँखा उपचारका लागि ठूलो संख्यामा विदेशी आइरहेका छन्,’ उनले भने, ‘नागरिकको उपचार पहुच बढाउँदै नेपालमा स्वास्थ्य उपचार पर्यटन वृद्धि गर्ने योजनामा आँखा उपचार कार्यक्रमले मद्दत गर्ने आशा छ ।’ मन्त्री पौडेलले त्यसका लागि सरकारले वातावरण तयार पार्ने प्रतिबद्धता जनाउँदै सम्झौता त्यसैको कडी भएको उल्लेख गरे ।

संघका अध्यक्ष प्राडा चेतराज पन्तले सरकारको लक्ष्यअनुसार आँखा उपचार पहुँच बढाउन काम गर्ने भन्दै वातावरणका लागि मन्त्री पौडेलप्रति आभार प्रकट गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...

सरकारले संसदलाई जानकारी गरायो आफ्नो १०० दिनको उपलब्धी

सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार,...
spot_img