Wednesday, July 9, 2025

छाती, दम र अन्य समस्याको विशेषज्ञ सेवा दिने पल्मो केयरमा पीआरपी थेरापी पनि सुरु

spot_img
spot_img

काठमाडौँको लाजिम्पाटमा रहेको नेपाल पल्मो केयर एण्ड पोलिक्लिनिक प्रालिले घुँडा,र छालाको पीआरपी थेरापी सेवा सुरु गरेको छ। कम्पनीले यहि असार महिनादेखि सो सेवा सुरु गरेको पोलिक्लिनिकका संचालक विजय थापाले जानकारी दिए ।

पीआरपी थेरापी भनेको प्लेटलेट-रिच प्लाज्मा थेरापी हो। जुन घुँडा खिइने समस्या भएका बिरामीलाई बढी लाभदायक हुन्छ। विभिन्न कारणले सबै खाले बिरामीको घुँडाको जोर्नी प्रत्यारोपण गर्न सम्भव नहुने भएकाले त्यस्ता बिरामीलाई पीआरपी थेरापी अति उपयुक्त हुन्छ।  पोलिक्लिनिकमा बरिष्ठ हाड जोर्नी तथा न्यासा रोग विशेसज्ञ  डा. गोपेश कुमार ठाकुरले ले यो सेवा दिनेछन् जुन हरेक दिन उपलब्ध हुन्छ । त्यस्तै छालाको पनि यस्तै खालको प्लेटलेट-रिच प्लाज्मा थेरापी हुने गर्दछ ।

५ वर्षदेखि संचालनमा रहेको पोलिक्लिनिकले यस अघि देखि नै दम सम्बन्धि रोगको उपचार, हाड जोर्नी तथा नसा रोगको उपचार, स्त्री रोग तथा प्रसुती सेवा, नाक, कान घाँटी रोग सम्बन्धि सेवा, बालबालिका सम्बन्धि रोगको उपचार, सर्जरी सेवा, मिर्गौला तथा मुत्रथैली सम्बन्धि रोगको उपचार, मानसिक रोगको उपचार, छाला तथा चर्म रोगको उपचार लगायतका सेवा प्रदान गर्दै आएको छ। पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा, ल्याब परिक्षण, ईसीजी सेवा, इको, पीएफटी, सर्जरी सेवा पनि उपलब्ध रहेको छ। पोलिक्लिनिकको आफ्नै फार्मेसी पनि रहेको छ ।

यो पोलिक्लिनिक सेन्टर फर रेस्पिरेटोरी डिजीजेजको रुपमा रहेको छ, अर्थात् पोलिक्लिनिकको विशेषज्ञ सेवा भनेको दम, स्वासप्रस्वास र क्षयरोग सम्बन्धि रोगको उपचार हो । वरिष्ठ छाती तथा दम रोग विशेषज्ञ डा. मनोज कुमार यादवले यो सेवा प्रदान गर्दछन्। डा. यादवका अनुसार अहिले काठमाडौँको प्रदूषणको लगायतका कारणले दम, स्वासप्रस्वासको समस्या लिएर आउने बिरामी बढिरहेका छन् । कम्तिमा पनि वर्षको २ पटक छातीको चेकचाँज गराई राख्न उनको सुझाव छ । उनका अनुसार खोक्दा रगत आएमा, घुर्ने बानी भएमा, छाती दुखेमा, सास फेर्न कठिन भएको महशुस भएमा, कमजोरी महशुस भएमा, छोटो छोटो अन्तराल मै रुघाखोकी लाग्ने लक्षण भएमा स्वास्थ्य संस्थामा गएर परिक्षण गराउनु पर्दछ ।

पोलिक्लिनिकमा कुन सेवा कुन विशेषज्ञबाट ?

दम, स्वासप्रस्वास र क्षयरोग सम्बन्धि रोगको उपचार: डा. मनोज कुमार यादवबाट

हाड जोर्नी तथा नसा रोगको उपचार: प्रा. डा. भोजराज अधिकारी र डा. गोपेश कुमार ठाकुर

स्त्री रोग तथा प्रसुती सेवा: डा. दिपा चुडाल/डा. सेवक श्रेष्ठ/डा. सविता सिंह

नाक, कान घाँटी रोग सम्बन्धि सेवा: डा. प्रकाश खनाल

बालबालिका सम्बन्धि रोगको उपचार: डा. मुक्ति घिमिरे/डा. अस्कल देवकोटा

सर्जरी सेवा: डा. रोशन कुमार निराला

मिर्गौला तथा मुत्रथैली सम्बन्धि रोगको उपचार: डा. बैकुण्ठ अधिकारी

मानसिक रोगको उपचार: डा. जयन्ति ढुंगाना

छाला तथा चर्म रोगको उपचार: डा. सरोज पौडेल/डा. विपिन भट्टचन्/डा. अक्षय मिश्र

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img