Thursday, July 16, 2026
spot_img

छाती, दम र अन्य समस्याको विशेषज्ञ सेवा दिने पल्मो केयरमा पीआरपी थेरापी पनि सुरु

spot_img

काठमाडौँको लाजिम्पाटमा रहेको नेपाल पल्मो केयर एण्ड पोलिक्लिनिक प्रालिले घुँडा,र छालाको पीआरपी थेरापी सेवा सुरु गरेको छ। कम्पनीले यहि असार महिनादेखि सो सेवा सुरु गरेको पोलिक्लिनिकका संचालक विजय थापाले जानकारी दिए ।

पीआरपी थेरापी भनेको प्लेटलेट-रिच प्लाज्मा थेरापी हो। जुन घुँडा खिइने समस्या भएका बिरामीलाई बढी लाभदायक हुन्छ। विभिन्न कारणले सबै खाले बिरामीको घुँडाको जोर्नी प्रत्यारोपण गर्न सम्भव नहुने भएकाले त्यस्ता बिरामीलाई पीआरपी थेरापी अति उपयुक्त हुन्छ।  पोलिक्लिनिकमा बरिष्ठ हाड जोर्नी तथा न्यासा रोग विशेसज्ञ  डा. गोपेश कुमार ठाकुरले ले यो सेवा दिनेछन् जुन हरेक दिन उपलब्ध हुन्छ । त्यस्तै छालाको पनि यस्तै खालको प्लेटलेट-रिच प्लाज्मा थेरापी हुने गर्दछ ।

५ वर्षदेखि संचालनमा रहेको पोलिक्लिनिकले यस अघि देखि नै दम सम्बन्धि रोगको उपचार, हाड जोर्नी तथा नसा रोगको उपचार, स्त्री रोग तथा प्रसुती सेवा, नाक, कान घाँटी रोग सम्बन्धि सेवा, बालबालिका सम्बन्धि रोगको उपचार, सर्जरी सेवा, मिर्गौला तथा मुत्रथैली सम्बन्धि रोगको उपचार, मानसिक रोगको उपचार, छाला तथा चर्म रोगको उपचार लगायतका सेवा प्रदान गर्दै आएको छ। पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा, ल्याब परिक्षण, ईसीजी सेवा, इको, पीएफटी, सर्जरी सेवा पनि उपलब्ध रहेको छ। पोलिक्लिनिकको आफ्नै फार्मेसी पनि रहेको छ ।

यो पोलिक्लिनिक सेन्टर फर रेस्पिरेटोरी डिजीजेजको रुपमा रहेको छ, अर्थात् पोलिक्लिनिकको विशेषज्ञ सेवा भनेको दम, स्वासप्रस्वास र क्षयरोग सम्बन्धि रोगको उपचार हो । वरिष्ठ छाती तथा दम रोग विशेषज्ञ डा. मनोज कुमार यादवले यो सेवा प्रदान गर्दछन्। डा. यादवका अनुसार अहिले काठमाडौँको प्रदूषणको लगायतका कारणले दम, स्वासप्रस्वासको समस्या लिएर आउने बिरामी बढिरहेका छन् । कम्तिमा पनि वर्षको २ पटक छातीको चेकचाँज गराई राख्न उनको सुझाव छ । उनका अनुसार खोक्दा रगत आएमा, घुर्ने बानी भएमा, छाती दुखेमा, सास फेर्न कठिन भएको महशुस भएमा, कमजोरी महशुस भएमा, छोटो छोटो अन्तराल मै रुघाखोकी लाग्ने लक्षण भएमा स्वास्थ्य संस्थामा गएर परिक्षण गराउनु पर्दछ ।

पोलिक्लिनिकमा कुन सेवा कुन विशेषज्ञबाट ?

दम, स्वासप्रस्वास र क्षयरोग सम्बन्धि रोगको उपचार: डा. मनोज कुमार यादवबाट

हाड जोर्नी तथा नसा रोगको उपचार: प्रा. डा. भोजराज अधिकारी र डा. गोपेश कुमार ठाकुर

स्त्री रोग तथा प्रसुती सेवा: डा. दिपा चुडाल/डा. सेवक श्रेष्ठ/डा. सविता सिंह

नाक, कान घाँटी रोग सम्बन्धि सेवा: डा. प्रकाश खनाल

बालबालिका सम्बन्धि रोगको उपचार: डा. मुक्ति घिमिरे/डा. अस्कल देवकोटा

सर्जरी सेवा: डा. रोशन कुमार निराला

मिर्गौला तथा मुत्रथैली सम्बन्धि रोगको उपचार: डा. बैकुण्ठ अधिकारी

मानसिक रोगको उपचार: डा. जयन्ति ढुंगाना

छाला तथा चर्म रोगको उपचार: डा. सरोज पौडेल/डा. विपिन भट्टचन्/डा. अक्षय मिश्र

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img