Sunday, May 25, 2025
spot_img

अनलाइन पेमेन्ट र आइपीएसबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

spot_img
spot_img

स्वास्थ्य बीमाको नवीकरण शुल्क अब वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट भूक्तानी गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।

अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेको बताएका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिष बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ ।

अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन । अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेस मल्लले जानकारी दिए ।

हाल एजेन्टमार्फत मात्र बीमा नवीकरण गरिने व्यवस्था छ । यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ । यही समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img