Sunday, February 9, 2025
spot_img

नेशनल हाइड्रो २ करोड ४९ लाख घाटामा, ६४ प्रतिशतले बढ्यो प्रशासनिक खर्च

आर्थिक वर्ष २०८०/८१ मा नेशनल हाइड्रो पावर कम्पनी घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षमा ४८ लाख ३२ हजार खुद नाफा गरेको कम्पनी आर्थिक वर्ष २०८०/८१ मा भने २ करोड ४९ लाख ४५ हजार रुपैयाँ घाटामा पुगेको हो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४ करोड ६८ लाखबाट घटेर ४ करोड २ लाखमा सिमित भएको छ । कम्पनीको प्रत्यक्ष खर्च २करोड ६५ लाखबाट बढेर ३ करोड २४ लाख पुगेको छ। कम्पनीको प्रशासनिक खर्च ९० लाख ३३ हजारबाट बढेर १ करोड ४८ लाख पुगेको छ । कम्पनीको प्रशासनिक खर्च ६४ प्रतिशतले बढेको हो।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक १.०१ रुपैयाँ रहेको छ ।  प्रति शेयर नेटवर्ष १०० रुपैयाँ ४२ पैसा रहेको छ ।  २ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ ९८ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

पटक पटक गणपुरक संख्या नपुग्दा कम्पनीले हालसम्म पनि २०७९/८० को साधारणसभा गर्न सकेको छैन ।

 

- Advertisement -

spot_img

शेयरबजारमा गिरावट: २ कम्पनीमा सकारात्मक सर्किट

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से घटेको...

बुद्ध एयरको भ्यालेन्टाइन अफर सार्वजनिकः एउटा टिकट किन्दा अर्को टिकट ‘फ्री’

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भ्यालेन्टाइन डे...

‘परल मूल्य’मै ग्यास बेच्ने तयारी, घरायशी ग्राहकलाई खातामा अनुदान रकम

नेपाल आयल निगमले खाना पकाउने ग्यास परल मूल्यमै बिक्री...

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल...

गोगोरोको विद्युतीय स्कुटर खरिद गर्न आइसिएफसि फाइनान्सले ऋण दिने

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले नेबुला मोबिलिटी – गोगोरोसँग एक महत्त्वपूर्ण...

‘पूर्वाधार विकासका लागि बलियो राजनीतिक प्रतिवद्धता आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको...