Monday, September 7, 2026
spot_img

पिपुल्स इनर्जीले नियमन आयोगबाट पायो आईपीओ निष्काशन स्वीकृति

spot_img

विद्युत नियमन आयोगले पिपुल्स इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको लागि स्वीकृत प्रदान गरेको छ। आयोगले कम्पनीलाई ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर निष्काशनको लागि स्वीकृति दिएको हो।

हाल कम्पनीको जारी पुँजी ३ अर्ब ३० करोड र चुक्ता पुँजी २ अर्ब ६४ करोड रहेको छ। आयोगबाट स्वीकृति पाएसंगै अब नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिने तयारी भईरहेको कम्पनीका संचालक दिल सुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

यस कम्पनीले रामेछाप र दोलखा जिल्ला भएर बहने खिम्ती खोलामा  ४८.८ मेगावाट क्षमताको खिम्ती दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हाल आयोजनाको सिभिलतर्फको ९० प्रतिशत निर्माण सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको अध्यक्षमा कृष्ण आचार्य रहेका छन् । उनी इप्पानका निवर्तमान अध्यक्ष हुन् । कम्पनीको अन्य संचालकहरुमा दिल सुन्दर श्रेष्ठ, भरत बहादुर पाण्डे, सन्दिप आचार्य, अनिल घिसिङ, टंकलाल घिसिङ, देव बहादुर पौडेल, अर्जुन कुमार कार्की, र कुन्ती पाठक मैनाली रहेका छन् ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...