Friday, May 23, 2025
spot_img

पिपुल्स इनर्जीले नियमन आयोगबाट पायो आईपीओ निष्काशन स्वीकृति

spot_img

विद्युत नियमन आयोगले पिपुल्स इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको लागि स्वीकृत प्रदान गरेको छ। आयोगले कम्पनीलाई ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर निष्काशनको लागि स्वीकृति दिएको हो।

हाल कम्पनीको जारी पुँजी ३ अर्ब ३० करोड र चुक्ता पुँजी २ अर्ब ६४ करोड रहेको छ। आयोगबाट स्वीकृति पाएसंगै अब नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिने तयारी भईरहेको कम्पनीका संचालक दिल सुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

यस कम्पनीले रामेछाप र दोलखा जिल्ला भएर बहने खिम्ती खोलामा  ४८.८ मेगावाट क्षमताको खिम्ती दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हाल आयोजनाको सिभिलतर्फको ९० प्रतिशत निर्माण सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको अध्यक्षमा कृष्ण आचार्य रहेका छन् । उनी इप्पानका निवर्तमान अध्यक्ष हुन् । कम्पनीको अन्य संचालकहरुमा दिल सुन्दर श्रेष्ठ, भरत बहादुर पाण्डे, सन्दिप आचार्य, अनिल घिसिङ, टंकलाल घिसिङ, देव बहादुर पौडेल, अर्जुन कुमार कार्की, र कुन्ती पाठक मैनाली रहेका छन् ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img