Sunday, April 5, 2026
spot_img
spot_img

हाइड्रो उद्यमी बटु लामिछानेद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बटु लामिछानेले उम्मेदवारी दिएका छन् । उनले एसोसियट तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

नेपालको अपार जलस्रोतको उपयोग गर्ने नीति आवश्यक रहेको बताउँदै आएका लामिछानेले करिब २५ वर्षदेखि जलविद्युत क्षेत्रमा सक्रिय छन् । ‘यो अनुभवलाई नीति निर्माणको तहमा महासंघमार्फत योगदान दिने उदेश्यले मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ’ उनले भने, ‘जलविद्युत क्षेत्रको विकासका लागि बाधक बनेका प्रावधानहरु हटाउन मैले प्रयत्न गर्नेछु ।’

उनले देशका लागि अतिआवश्यक र निर्यातमार्फत सहजै ठूलो आम्दानी गर्न सकिने क्षेत्र जलविद्युत भएकाले यो विषय नागरिक र सरकारलाई बुझाउन आवश्यक रहेको बताएका छन् । आफूले यस क्षेत्रमा काम गर्दा जलविद्युत विकासकर्ताहरु र इक्वीपमेन्ट सप्लायर्सहरुको दुःख, पीडा र मर्का बुझेको बताउँदै उनले ति समस्याहरुको समाधानमा केन्द्रित हुने आफ्नो योजनासमेत सुनाएका छन् ।

‘समृद्ध नेपाल निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण र मुख्य योगदान रहन्छ’ लामिछाने भन्छन्, ‘एफएनसीसीआई मार्फत निजी क्षेत्रमैत्री नीति निर्माणमा सहयोग गर्ने र जलविद्युत क्षेत्रमा रहेको मेरो अनुभवलाई उपयोग गर्ने उदेश्यले मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । मैले निजी क्षेत्रमैत्री नीति निर्माणमा सहयोग गर्ने र पहल गर्नेछु ।’

उनी वाणिज्य बैंक र महालेखाको जागिर छोडेर व्यवसायमा होमिएका उद्यमी हुन् । गलैँचा र धागोको व्यवसायबाट यात्रा सुरु गरेका लामिछाने अहिले जलविद्युत क्षेत्रमा सक्रिय छन् । उनी र उनका साझेदारहरुको नेतृत्वमा अहिले सम्पन्न भएका र निर्माणाधिन गरेर ५०० मेगावाट भन्दा बढी क्षमताका आयोजना छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका...

राष्ट्र बैंकले एसएमई कर्जाको जोखिमभार घटायो

नेपाल राष्ट्र बैंकले केही निश्चित कर्जाको जोखिमभार घटाएको छ...

इरानलाई ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम, हर्मुज जलमार्ग नखोले पावर प्लान्टमा आक्रमण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।...

आयल निगमले भन्यो ‘बिदा पायौँ भनेर घुम्न नजानुस्’

नेपाल आयाल निगमनले बिदा पायौँ भनेर घुम्न नजान आम...

ओली र लेखकलाई रिहा गर्न माग गरिएको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

आज चैत्र २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८...
spot_img