Monday, February 17, 2025
spot_img

कुलमानले टेरेनन् प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएपनि नेपाल विद्युत प्राधिकरणले अझै लाइन जोडेको छैन ।

शुक्रबार प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । तर, बैठकबाट लाइन जोड्ने सम्बन्धि कुनैपनि निर्णय भएन ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नै लाइन जोड्न ऊर्जा मन्त्रालयबाट निर्देशन आउनुपर्ने वा बैठक बस्नु अगाडी नै एजेण्डा सञ्चालक समितिका सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने भएकाले लाइन जोड्ने सम्बन्धि निर्णय गर्न नसकिने अडान लिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले लिखित निर्देशन नदिएसम्म लाइन जोड्न नसकिने कुलमानको अडान छ ।

शुक्रबार प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशन घिसिङलाई लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोड्न निर्देशन दिएका थिए । प्राधिकरणले हालसम्म ६ वटा उद्योगको लाइन काटेको छ ।

- Advertisement -

spot_img

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक...

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...