Monday, September 7, 2026
spot_img

कुलमानले टेरेनन् प्रधानमन्त्रीको निर्देशन

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएपनि नेपाल विद्युत प्राधिकरणले अझै लाइन जोडेको छैन ।

शुक्रबार प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । तर, बैठकबाट लाइन जोड्ने सम्बन्धि कुनैपनि निर्णय भएन ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नै लाइन जोड्न ऊर्जा मन्त्रालयबाट निर्देशन आउनुपर्ने वा बैठक बस्नु अगाडी नै एजेण्डा सञ्चालक समितिका सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने भएकाले लाइन जोड्ने सम्बन्धि निर्णय गर्न नसकिने अडान लिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले लिखित निर्देशन नदिएसम्म लाइन जोड्न नसकिने कुलमानको अडान छ ।

शुक्रबार प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशन घिसिङलाई लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोड्न निर्देशन दिएका थिए । प्राधिकरणले हालसम्म ६ वटा उद्योगको लाइन काटेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...