Sunday, June 14, 2026
spot_img

तेह्रथुम पावरले लालुपाते हाइड्रोको १ लाख कित्ता शेयर किन्ने

spot_img
spot_img

तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख कित्ता शेयर खरिद गर्ने भएको छ। कम्पनीको पुस ११ गते बसेको संचालक समितिको बैठकले शेयर खरिद गर्ने निर्णय गरेको हो।

लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले मनाङमा ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाबाट २०८४ कार्तिक ५ गते विद्युत उत्पादनको लक्ष्य राखिएको छ। आयोजनाको निर्माण कार्य सन्तोषजनक रुपमा अगाडी बढेको र आयोजना बजेटको हिसाबले समेत तुलनात्मक रुपमा राम्रो रहेकोले लगानीको निर्णय गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाको कुल लागत  ९९६ करोड रुपैयाँ रहेको छ। जसमा बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी हुने छ भने बाँकि २४९ करोड रकम इक्विटी मार्फत जुटाइने छ।

आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने गरि विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ। प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने  छ ।

यो आयोजना मनाङको नासो गाउँपालिकामा पर्छ । आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img