Sunday, July 5, 2026
spot_img

हितेन्द्रदेवलाई मन्त्री घिसिङको चेतावनीः अदालतको आदेशबाट फकिएँ भन्ने दम्भ नदेखाउनु

spot_img

ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नतिजा देखिने गरि काम गर्न निर्देशन दिएका छन् । अदालतको आदेशबाट प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेर पदबहाली गरेपछि मन्त्री भेटन पुगेका शाक्यलाई घिसिङले नतिजा देखिने गरि काम गर्न निर्देशन दिँदै घमण्ड नदेखाउन चेतावनी नै दिएका हुन् ।

भेटमा शाक्यले विगतमा प्राधिकरणमा रहँदा घिसिङ र आफूबीच भएको सहकार्य स्मरण गर्दै भविष्यमा पनि मन्त्रालय र प्राधिकरणबीच सहकार्य गरेर नतिजा निकाल्न सकिने बताएका थिए । उनले आफू मन्त्री घिसिङको निर्देशन अनुसार काम गर्न तयार रहेको पनि बताए ।

त्यसपछि घिसिङले भने, ‘अदालतले पुनर्बहाली गर्न आदेश दियो, तपाई आउनु भयो । त्यसमा मेरो केही पनि कुरा छैन । तर, अदालतले फर्काएको हो भन्ने दम्भ देखाएर एक्लै चल्न नखोज्नु होला । म रिजल्ट चाहने मान्छे हुँ । रिजल्ट आउँछ भने म शत्रुलाई पनि जिम्मेवारी दिन तयार हुन्छु । तर, रिजल्ट आएन भने फेरि पनि सोच्नु पर्ने हुन सक्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...
spot_img