Monday, August 24, 2026
spot_img
spot_img

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

spot_img

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा अम्बा खेती गर्न आह्वान गर्दै आफूले किनिदिने घोषणा गरेका छन् । खाली वा प्रयोगविहीन जग्गामा व्यावसायिक अम्बा खेती गर्न आह्वान गर्दै उनले यो दीर्घकालीन आम्दानीको स्रोतमा रूपान्तरण हुने विश्वास दिलाएका छन् ।

उद्योगी गोल्यानले माटो नेपालमार्फत बिरुवादेखि बगैंचा स्थापना, प्राविधिक सहयोग र उत्पादनको बजार सुनिश्चित गर्ने सम्मको प्रतिवद्धता जनाएका छन् । उच्च गुणस्तरीय अम्बाका बिरुवा उपलब्ध गराउने, वैज्ञानिक विधिबाट बगैंचा स्थापना तथा ड्रिप सिँचाइसम्बन्धी प्राविधिक सहयोग गर्ने, रोपाइँदेखि उत्पादनसम्म निरन्तर प्राविधिक परामर्श तथा तालिम दिने र उत्पादनको शत् प्रतिशत खरिद सुनिश्चितता गर्ने उनको प्रतिवद्धता छ ।

गोल्यानले लगानी, उत्पादन र आम्दानीको अनुमानित हिसाबकिताब पनि उल्लेख गरेका छन् । १ बिघा जग्गामा करिब १ हजार ४० वटा बिरुवा रोप्न सकिने भन्दै उनले यस आधारमा ५ वर्षमा के के हुन्छ भन्ने अनुमानित उपलब्धि उल्लेख गरेका हुन् ।

गोल्यानका अनुसार पहिलो वर्ष बगैंचा स्थापना, ड्रिप सिँचाइ तथा अन्य पूर्वाधारमा करिब ३ लाख ७९ हजार ६५० रुपैयाँ लगानी हुन्छ ।

दोस्रो वर्षबाटै यसले उत्पादन दिन थाल्छ । सुरु उत्पादन करिब ५ हजार किलो हुने र त्यसको मूल्य २ लाख ५० हजारसम्म हुने उनको अनुमान छ । यस आधारमा पहिलो वर्ष
ड्ड अनुमानित नाफास् रु। १,१६,२००

तेस्रो वर्ष उत्पादन बढेर २० हजार किलोग्राम पुग्ने गोल्यानको विश्लेषण छ । त्यसबाट १० लाख आम्दानी हुने र लागत कटाउँदा ५ लाख ९४ हजार २ सय रुपैयाँ नाफा आर्जन गर्न सकिने उनको विश्वास छ ।

चौथो वर्ष उत्पादन ३० हजार किलो हुने र त्यो उत्पादन १५ लाख मूल्यमा बिक्री हुने हिसाब प्रस्तुत गर्दै उनले खर्च कटाएर ८ लाख ८६ हजार ५ सय रुपैयाँ नाफा आर्जन गर्न सकिने उल्लेख गरेका छन् ।

पाँचौ वर्ष उत्पादन ५० हजार किलो पुग्ने र त्यसको अनुमानित बिक्री मूल्य २५ लाख रुपैयाँ हुन आउने गोल्यानको विश्वास छ । २५ लाखको अम्बा बिक्री गर्दा नाफा मात्रै १५ लाख हाराहारी हुने उनको हिसाब छ ।

यसरी १ बिघा जग्गामा अम्बा खेती गर्दा पहिलो वर्षदेखि ५ वर्षसम्म ५२ लाख ५० हजार रुपैयाँको अम्बा बिक्री गर्न सकिने बताउँदै उनले हरेक वर्ष थप हुँदै जाने लगानीको हिसाब गर्दा ५ वर्षमा २५ लाख ३२ हजार पुग्ने जनाएका छन् । कुल बिक्री र कुल लगानी घटाउँदा आउने ३० लाख ९६ हजार ८ सय रुपैयाँ नाफा हुने गोल्यानको विश्लेषण छ ।

उनले यसलाई उचित खेती व्यवस्थापन, मौसम तथा उत्पादनको आधारमा तयार गरिएको अनुमान भएको र वास्तविक उत्पादन, आम्दानी तथा नाफामा केही फरक पर्न सक्ने बताएका छन् ।

उनले आफूहरुको उद्देश्य केवल अम्बा खेती विस्तार गर्नु मात्र नभई नेपालको कुनै पनि उर्वर भूमी बाँझो नरहोस् र कुनै पनि किसानले आफ्नो उत्पादन बिक्री गर्न बजारको खोजीमा भौतारिनु नपरोस् भन्ने रहेको प्रष्ट पारेका छन् । उनले खाली जग्गा भएका र व्यावसायिक अम्बा खेती गर्न इच्छुकलाई माटो नेपालमा सम्पर्क गर्न आग्रह पनि गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा...
spot_img