Sunday, July 5, 2026
spot_img

वर्षायाम अगाडि नै काठमाडौँभित्र विद्युतीय तार भूमिगत गरिसक्न मन्त्री घिसिङको निर्देशन

spot_img

ऊर्जामन्त्री कुलमान घिसिङले वर्षायाम सुरु हुनुभन्दा अगाडि नै काठमाडौँ भित्रको विद्युतीय तार भूमिगत गरिसक्न दिर्नेशन दिएका छन् । मन्त्री घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, काठमाडौँ महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गर्दै वर्षा सुरु हुनुभन्दा अगाडि नै तार भूमिगतको काम सक्न निर्देशन दिएका हुन् ।

छलफल पश्चात विद्युतीय तार भूमिगत गर्ने क्रममा फिल्डमा देखिएका समस्या समाधानका लागि समन्वय गर्ने जिम्मेवारी प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई दिइएको छ ।

छलफलमा मन्त्री घिसिङले विद्युतीय तार भूमिगत गर्ने काम सम्पन्न भएका स्थानमा इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी ओभरहेड (जमिनमाथि) तारसमेत हटाउने काम सुरु गर्न भनेका छन् ।

प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरेको थियो । दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्रमा काम थालेको थियो । चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिका भित्रको वितरण प्रणालीलाई भूमिगत गर्ने काम समेत सुरु भइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार काठमाडौं उपत्कायभित्र करिब ८० प्रतिशत काम सकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img